- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरघोराहीमा काँग्रेसको घरदैलो

घोराहीमा काँग्रेसको घरदैलो

- Advertisement -spot_img

घोराही, ५ मंसिर । मंंसिर १४ गते हुने उपनिर्वाचनका लागि घोराही १६ मा अध्यक्षका उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । नेपाली काँग्रेसका उम्मेदवार ताराबहादुर डिसी चुनावी प्रचार प्रसारमै व्यस्त रहेका छन् । डिसी मतदाताहरूको घर–घरमा पुगेर मत माग्दै मतदाताहरूको समस्या बुझिरहेका छन् ।
वडा नं. १६ का मतदाताहरूले डिसीलाई स्वागत गरिहेका छन् । मतदाताहरूको दैलोसम्म पुग्ने डिसीलाई १६ नम्बरबासी मतदाताहरूले अविर, फूलमालाले स्वागत गर्दै जितको शुभकामना दिएका छन् ।
‘लौ यो जीतको शुभकामनासहितको अविर र टीका हो । तपाई नै हो चुनाव जित्ने, जितपछि पनि हाम्रो आँगनमा आउनुहोला’ भन्दै मतदाताहरूले अविर र मालाले उनलाई मतदाताहरूले स्वागत गरेका छन् ।
वर्तमान सरकारका क्रियाकलापबाट आफूहरू असन्तुष्ट रहेको भन्दै उनीहरूले यसपटक नेपाली काँग्रेसबाट उम्मेदवार बनेका डिसीलाई मत दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
आफूहरूलाई वडाको विकास चाहिएकाले ‘त्यो तपाईबाट मात्र सम्भव छ’ भन्दै मतदाताहरूले जिताएरै छाड्ने बताएका छन् । ‘जुझारू युवा जसले लामो समयदेखि राजनीति र समाज सेवालाई सँगसँगै अगाडि बढाएको छ ।
हामीले खोजेको वडा अध्यक्ष यस्तै व्यक्ति हो’ घरदैलोका क्रममा डिसीसँग एक मतदाताले भने– ‘वडाको हरेक समस्या बुझेको व्यक्ति तपाई हो ।
तपाईबाट नै हाम्रा समस्या समाधान हुन सक्छन् ।’मतदाताहरूको र समग्र १६ नम्बर वडाको विकासका लागि आफूले काम गर्ने भन्दै उम्मेदवार डिसीले आफूलाई मत दिएर जिताउन अनुरोध गरेका थिए ।
‘मतदाताहरूको साथ र हौसलाले म एकदमै उत्साहित भएको छु’ डिसीले भने– ‘वडाबासीहरूको यति धेरै माया र साथ छ, निर्वाचित भईसकेपछि मतदाताहरूको सम्पूर्ण समस्या समाधानमा लाग्नेछु ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here