- Advertisement -spot_img
Friday, June 18, 2021
Homeसम्पादकीयसिंचाईको प्रभावकारिता

सिंचाईको प्रभावकारिता

- Advertisement -spot_img

कृषिका लागि सिंचाई अनिवार्य छ । दाङमा सिंचाईको अभावले वर्षेनी धेरै जमिनमा खेती नभएको पनि देखिन्न । जमिन बाँझै रहदै आएको छ । जिल्लामा रहेको ६५ हजार हेक्टर खेतीयोग्य जमिन छ ।
जसमा २० प्रतिसत जमिन सिंचाईकै अभावमा खेतीमा समस्या हुन्छ भने अर्काेतिर खेतीयोग्य जमिन विभिन्न बहानामा अन्न उत्पादन क्षेत्रमा प्रयोग पनि भइरहेको छ र हुँदै आएको छ । प्लटिङको विकास खेतमा हुँदा उत्पादनसमेत कम हुँदै गएको छ ।
कृषिको विकासतर्फ राज्य पनि कम लागेको जस्तो देखिन्छ । कृषिका परियोजना ल्याउने तर त्यो परियोजना सञ्चालन हुँदासम्म राम्रो र सकिएपछि पूर्ववत अवस्थामा आउने परम्पराले पनि कृषि क्षेत्रको विकास हुन सकेको छैन । भएका क्षेत्रहरुको पनि सुहाउँदो विकास नभएको देखिन्छ । कतिपय अवस्थामा राज्यको लगानीसमेत कृषिमा सदुपयोगसमेत नभएको देखिन्छ ।
नेपाल कृषि प्रधान देश हो । नेपालमा ८० प्रतिशत नागरिक प्रतयक्ष कृषि पेशासँग जोडिएका छन् । तर आधुनिक कृषि प्रक्रिया र उपयोगभन्दा पनि परम्परागत कृषि गर्नेहरुको संख्या अत्यधिक छ । राज्यले पनि परम्परागत कृषिलाई परिमार्जन गरेर आधुनिक बनाउन सकेको छैन ।
कृषिमा हुने लागनी पनि खुलेर आएको देखिदैन । दाङका नेता दिपक गिरी सिंचाई मन्त्री हुँदा जिल्लामा सिंचाईको सहजताका लागि आएका झण्डै एक सय स्यालो ट्युबेल अर्काे सरकार आउँदै गर्दा अलपत्र परे ।
सञ्चालन भएका केही स्थानहरुमा किसानहरुले राम्रै फाइदा लिन पनि थालेका छन् । तुलसीपुर उपमहानगरपालिका–१३ का केही किसानहरु लामो समयदेखि कृषि पेशा रहदा पनि सिंचाईको उचित व्यवस्था भएको थिएन । अहिले सञ्चालन भएको स्यालो ट्युबेलले सिंचाईमा सहज भएको सार्वजनिक भएको छ ।
यसले पनि किसानहरु समक्ष सहीरुपमा विकास गयो भने त्यसको उपयोग पनि सहीरुपमा हुने रहेछ भन्ने देखाएको छ । आकासको पानीले वर्षामा मात्र खेती गर्ने किसानलाई खेतमै पानीको व्यवस्था त्यो पनि १२ महिना भएमा त्यसको प्रभावकारिता उच्च नै हुनेगर्छ । त्यसलाई किसानले सहीरुपमा प्रयोग पनि गर्न सक्छ ।
किसानका लागि आएका योजना धेरै स्थानमा असफल भएका छन् । असफल हुनमा किसानकै कारण पनि धेरै ठाउँमा देखिन्छ । कतिपय स्थानहरुमा राज्यको पनि कारण छ । कृषिका लागि आएका योजनाहरु सबैले सदुपयोग गर्नतर्फ लाग्नुपर्छ । स्थानीयस्तरमा आएको विकासलाई हामीले नै सफल बनाउन सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here