- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरशान्तिनगरमा काँग्रेसको चुनावी सभा

शान्तिनगरमा काँग्रेसको चुनावी सभा

- Advertisement -spot_img

तुलसीपुर, ४ मंसिर । विचलन भइरहेको धर्म, संस्कृतिको संरक्षण र समानताका लागि नेपाली काँग्रेसलाई मतदान गर्न काँग्रेस नेताहरूले आह्वान गरेका छन् ।
धर्म, संस्कृति संरक्षण प्रजातान्त्रिक प्रक्रिया मात्रै हुने र अधिनायकवाद र तानाशाही प्रवृतिमा नहुने भन्दै संरक्षण काँग्रेसले जितेमात्रै हुने बताए । विभिन्न बहानामा धर्म, संस्कृतिलाई सिद्धाउने काम वर्तमान सरकारबाट भइरहेको भन्दै यसको जगेर्नाका लागि काँग्रेस नै आवश्यक रहेको नेताहरूको भनाई छ ।
नेपाली काँग्रेसले शान्तिनगर गाउँपालिकाका विभिन्न वडामा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने बक्ताहरूले कम्युनिष्टहरूले हिन्दूधर्म र संस्कारको अपमान गरेकाले अब धर्म र संस्कारको रक्षा गर्नका लागि पनि नेपाली काँग्रेसलाई मतदान गर्न अपिल गरे ।
रगैचा, देबिपुरलगायतका ठाउँमा आयोजित कार्यक्रमलाई काँग्रेस केन्द्रीय सदस्य दिपक गिरी, उम्मेदवार केशवराज आचार्य, पूर्व केन्द्रीय सदस्य डिल्ली रेग्मी, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी,
पूर्व जिल्ला सभापति गेहेन्द्र गिरी, पूर्व सांसद योगेन्द्र चौधरी, काँग्रेस दाङका कोषाध्यक्ष सावित्रा राना, जगत खड्का, खिमप्रसाद खराल, शंकरप्रसाद डाँगी, देविका नेपाली, प्रमोद बस्नेत, शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिं डाँगी, वडा नं ६ का वडा अध्यक्ष रवि बुढाथोकी, काँग्रेस जिल्ला सदस्य निर्मल न्यौपानेलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
वक्ताहरूले पुराना, शालिन तथा योग्य नेपाली काँग्रेसका लोकतान्त्रिक योद्धा केशवराज आचार्यलाई आफ्नो अमुल्य दिन आग्रह गरेका थिए । पश्चिम दाङको विकास नेपाली काँगेसबाटै सम्भव भएको बताएका थिए ।
पश्चिम दाङको सडक, सिंचाई, तटबन्ध, शिक्षा, स्वास्थ्यजस्ता विकास नेपाली काँगेसका नेताहरूले बनाएको भन्दै पुनः पश्चिम दाङको विकासमा जोडिन नेपाली काँग्रेसको चिन्ह रूखमा भोट हाल्न आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव चुडामणि ढकालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here