Friday, March 29, 2024
Homeखेलकुदखेलाडी दिक्षित

खेलाडी दिक्षित

- Advertisement -spot_img

तुलसीपुर, ४ मंसिर । दाङको तुलसीपुरमा मंगलबार सम्पन्न जिल्लास्तरीय तेक्वान्दो ब्ल्याक बेल्ट ग्रेडिङ तथा दिक्षान्त समारोहबाट ४२ खेलाडी दिक्षित भएका छन् ।
दाङ जिल्ला तेक्वान्दो संघको आयोजना तथा हाम्रो पहुँच सेकेण्डरी स्कुल तुलसीपुरको समन्वयमा भएको कार्यक्रममा ब्ल्याकबेल्ट लिन योग्य ४२ सिनियर खेलाडीबाट ४१ जनालाई ब्ल्याकबेट (कालो बेल्ट) र एक जनालाई सेकेन्ड डान प्रदान गरि दिक्षित गरिएको हो ।
जिल्लामा स्थापित डोजाङका महिला ९ र पुरुष ३३ सिनियर खेलाडी सहभागी भएको ब्ल्याकबेल्ट ग्रेडिङबाट दिक्षित भएको दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष भिमलाल विकले जानकारी दिए ।
ब्ल्याकबेल्ट ग्रेडिङ कार्यक्रमको निर्णयमा सुवास चन्द्र केसी, भिमलाल विक, राकेश परियार, विरुभाई बज्राचार्य, मान बहादुर चौधरी, विष्णु अधिकारी, तेज बहादुर विक, बम विक, सुनिता विक, स्वागत परियार र तिलक पुन रहेका थिए ।
यसैबीच कार्यक्रम दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष भिम लाल विकको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यता एवं नेपाल तेक्वान्दो संघ प्रदेश न ५ का अध्यक्ष बिमल रिजालको विशिष्ठ आतिथ्यमा भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here