- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरपश्चिम नेपालमा भूकम्पको धक्का

पश्चिम नेपालमा भूकम्पको धक्का

- Advertisement -spot_img

दाङ, ३ मंसिर ।
पश्चिम नेपालमा मंगलबार साँझ भूकम्पको धक्का महशुस गरिएको छ । बझाङको पौवागढीमा केन्द्रबिन्दु भएको भूकम्पको ५ दशमलव ७ रेकटर स्केल रहेको मापन गरिएको छ । भूकम्पले प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा बढी धक्का महशुस गराएको थियो । दाङसहित पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली, सल्यान, रोल्पा, प्यूठान, सुर्खेत, रूकुम, अछाम, बाजुरा, दैलेख, जाजरकोट, दार्चुला, कालिकोटलगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
साँझ ७ बजेर १५ मिनेटमा भुकम्पको धक्का महशुस भएको हो । भूकम्पको धक्का महशुस भएपछि नागरिकहरूको भागाभाग मच्चिएको छ । पश्चिम नेपालमा लामो समयपछि भूकम्पको धक्का महशुस भएपछि नागरिक त्रसित बनेका छन् । भूकम्प धक्का महशुस भएपछि अधिकांश नागरिक घर बाहिर सुरक्षित स्थानमा लागेका थिए ।
पश्चिम नेपालका बझाङ, दैलेख, जाजरकोटलगायतका जिल्लाहरू भूकम्पको उच्च जोखिममा छन् । पहाडी जिल्लाको प्रभाव तराईका जिल्लामा पनि भूकम्पको धक्का महशुस हुने गरेको छ । नेपालमा २०७२ सालमा आएको भूकम्पले धनजनको क्षति भएको थियो । मंगलबार साँझ भूकम्पको धक्का महशुस भएपछि फेरि आउन सक्ने भन्दै नागरिक सुरक्षित स्थानमा बास बसेका थिए । यसैबिच भूकम्प फेरि पनि आउन सक्ने भएकाले भूकम्पबाट बच्न सुरक्षित स्थानको पहिचान गर्न भूकम्पविद्हरूले अनुरोध गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here