- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरशान्ति उद्यान पर्यटकीय गन्तब्य

शान्ति उद्यान पर्यटकीय गन्तब्य

- Advertisement -spot_img

तुलसीपुर, ३ मंसिर । राप्ती शान्ति पार्क अहिले पर्यटकीय गन्तब्यका रूपमा रहेको छ । स्थानीय स्तरबाट केही वर्ष अघिदेखि भएको प्रयास अहिले पर्यटकीय स्थलका रूपमा पुगेको हो । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ गणेशपुरमा रहेको सामुदायिक वनभित्रको उद्यानमा अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ भने पर्यटकीय स्थल बन्दै गएको छ ।
स्थानीय अगुवाहरूको अगुवाईमा १५ वर्ष पहिलेदेखि निर्माण सुरू गरिएको गणेश सामुदायिक वनभित्रको पार्क आवश्यक पूर्वाधार निर्माण भएसँगै पर्यटकीयस्थलको रूपमा चर्चा पाउन थालेको हो । अहिले पार्क हेर्न र पार्कमा घुम्न दैनिक एक हजार जनासम्म पर्यटकहरू आउने गरेको पार्कका कर्मचारी डम्बर चौधरी बताउँछन् । उनका अनुसार पार्क हेर्न जिल्ला बाहिरबाट पनि धेरै नै आउने गरेका छन् ।
पर्यटन वर्ष २०२० लाई केन्द्रित गरेर पार्क व्यवस्थापन समितिले पनि पार्कलाई नयाँ ढंगबाट परिचालन गरेको छ । बालउद्यान, आकर्षक पूर्वाधार मिनी जु, फनपार्क, पिकनिक स्पर्ट लगायतका संरचनाहरू पार्कभित्र निर्माण गरिएको चौधरीले बताए ।

आफैले संरक्षण र विकास गरेको पार्क पर्यटकीय स्थलको रूपमा विकास भएका देखेर स्थनाीयहरू समेत खुसी भएका छन् । अहिले दैनिकजसो विभिन्न प्रकृतिका पर्यटकहरूको आगमन भइरहेको र यसले यो क्षेत्रकै विकास हुने विश्वास स्थानीय छविकुुमार वलीको छ ।
उनले यो क्षेत्रलाई अझै व्यवस्थित गर्न सकेमा प्रदेश र राप्तीकै उत्कृष्ट पर्यटकीय स्थल बन्ने बताए । राप्तीकै धेरै नै आकर्षक र घुम्न लायक भएको स्थानीय पर्यटकरूले बताएका छन् । उनीहरूले पहिलेको तुलनामा व्यवस्थित हँुदै गएको स्थानीय छविकुमार वलीले बताए ।
पार्कलाई थप आकर्षक र व्यवस्थित बनाउन सकेमा जिल्लालाई नै चिनाउने स्थलका रूपमा शान्ति पार्क विकास हुनसक्ने र सरकारले ल्याएको सन २०२० को अवधारणालाई समेत टेवा पु¥याउन मद्दत गर्ने आन्तरिक पर्यटक सन्तोष चनाराले बताउँछन् । पार्कभित्रको मनोरम दृष्यले नै सबैलाई लोभ्याउने गरेको भन्दै अझै यसको विकास गरिनु पर्ने चनाराको धारणा छ ।
१५ विगाह क्षेत्रफलमा रहेको पार्कमा पर्यटक र पिकनिक खान आउनेहरूको घुँइचो नै छ । पार्कमा दैनिक एक हजार पर्यटक र २५ समूहसम्म अहिले पिकनिकका लागि आउने गरेका छन् । यसलाई थप व्यवस्थापन र लगानी गर्नसके अझै यसको महत्व बढेर जाने छ । यसतर्फ राज्य गम्भीर बन्न सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here