- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरकार्यान्वयन भएन रोल्पामा नयाँ भाडा

कार्यान्वयन भएन रोल्पामा नयाँ भाडा

- Advertisement -spot_img

रोल्पा, ३ मंसिर । जिल्ला प्रशासन कार्यालय रोल्पाको निर्णयलाई जिल्लास्थित बस व्यवसायीहरूले अटेरी गर्दा सर्वसाधारण नागरिकहरू मारमा परेका छन् । नागरिकहरूले जिल्लाका विभिन्न पक्की तथा कच्ची सडकहरूमा बस व्यवसायीहरूले प्रचलित मापदण्डभन्दा बढी भाडा यात्रुहरूसँग असुलेको गुनासो आएसँगै जिल्ला प्रशासन कार्यालय रोल्पाले बस व्यावसायी समितिका पदाधिकारी र सरोकारवाला निकायहरूसहितको बैठक बसी पक्की तथा कच्ची सडकहरूमा कार्तिक ४ गतेदेखि लागू हुने गरी नयाँ दररेटको बस भाडा निर्धारण गरे पनि हालसम्म बस व्यवसायीहरूले उक्त निर्णय कार्यान्वयन गरेका छैनन् ।
कार्तिक ३ गतेको बैठकको निर्णयअनुसार पक्की सडकको प्रति किलोमीटर दुई रूपैयाँ पचास पैसा, कच्ची सडकको सात रूपैयाँ बस भाडा निर्धारण गरिएको छ ।
तर अहिलेसम्म यात्रुहरू पक्की सडकको प्रति किलोमीटर पाँच रूपैयाँभन्दा बढी बस भाडा तिर्दै आएको बताएका छन् । दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्मको सडक पक्की भएको एक बर्ष हुन लग्यो तर जम्मा २९ किलोमीटरको बस १ सय ५५ रूपैयाँ बस भाडा बस व्यवसायीहरूले लिदै आएको यात्रुहरूको गुनासो रहेको छ ।
त्रिसिद्धेश्वरी राप्ती बस व्यवसायी समिति अध्यक्ष सुरेश हमालले भने निर्णय कार्यान्वयनमा कुनै समस्या नभएको बताउँदै रोल्पास्थित जलजला बस ब्यवसायी समितिले उक्त निर्णय लागू गरेमा आफूलाई मान्य हुने बताए । त्यस्तै जलजला बस व्यवसायी समितिका अध्यक्ष तेजबिक्रम रावतले भने दुबै समितिको बैठक बस्नुपर्ने भएकोमा राप्ती समितिले चासो नदिएको बताए ।
निर्णय कार्यान्वयनका बारेमा जिल्ला प्रशासन कार्यालय रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्माले नयाँ बस भाडा दरका बारेमा कार्यान्वयन भए नभएको बारेमा अनुगमन गर्न र कार्यान्वयन गराउन स्थानीय प्रहरी युनिट र स्थानीयतहलाई पत्राचार गरिएको बताए । तोकेको भन्दा बढी बस भाडा असुलेको पाइएमा सिधै कारवाही हुनेछ । यता यात्रुहरू भने निर्णय छिट्टै कार्यान्वयन हुनुपर्ने माग गर्दै आएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here