Thursday, March 28, 2024
Homeफिचरसमुदायमा आधारित पूर्वसूचना प्रणाली तालिम

समुदायमा आधारित पूर्वसूचना प्रणाली तालिम

- Advertisement -spot_img

लमही, ३ मंसिर । पूर्वसूचनाको अभावले देउखुरी क्षेत्रमा बर्षेनी राप्ती नदीले ठूलो क्षति निम्त्याउने गरेको देउखुरीमा आयोजित कार्यक्रमका सहभागीहरूले बताएका छन् । देउखुरीको गढवा र लमहीमा सोमबारदेखी सुरू भएको समुदायमा आधारित पूर्वसूचना प्रणालीसम्बन्धी तालिममा सहभागी भएका व्यक्तिहरूले विपद् न्यूनीकरणमा पूर्वसूचना प्रणाली महत्वपूर्ण हुने बताएका छन् ।
प्राक्टिल एक्सनको सहकार्यमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङको आयोजनामा सञ्चालन भएको विपद् पूर्वतयारी तथा बाढी पूर्वसूचना प्रणाली सवलीकरण परियोजनाअन्तर्गत कार्यक्रम लागूभएका राप्ती जलाधर क्षेत्रको लमही नगरपालिका, राप्ती गाउँपालिका,
गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका विभिन्न समुदायमा गठन भएका सामुदायिक विपद् व्यवस्थापन समिति र पूर्व सूचना प्रणाली कार्यदलका संयोजक तथा सदस्यहरूको लागि दुईदिने तालिम लमही र गढवामा एकसाथ सञ्चालन गरेको परियोजनाका परियोजना संयोजक सन्तोष ढकालले जानकारी दिए । तालिममा देउखुरीमा रहेका चारवटा पालिकाबाट ४८ जनकाको सहभागिता रहेको छ ।
दुई दिनसम्म सञ्चालन हुने तालिममा विपद् पूर्वतयारी, बाढी पूर्वसूचना प्रणालीका चरण र तत्वहरू, समुदायस्तरको प्रकोपको पहिचान, साथै आपतकालिन समयमा समुदायदेखि जिल्लास्तरसम्ममा समन्वय गर्ने तरिका र समुदायले विपद्
न्यूनीकरणको लागि समुदायको विपद् व्यवस्थापन योजनासमेत निर्माण गर्नुका साथै योजना कार्यान्वयनको लागि विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय गर्नका लागि वार्षिक कार्ययोजना समेत तयार गर्नेछन् ।
त्यसका साथै दुई दिनसम्म सञ्चालन हुने तालिममा विपद् व्यवस्थापन चक्र, विपद् जोखिम व्यवस्थापनसम्बन्धी सरकारको नीति नियम, पूर्वसूचना सम्बन्धी जानकारी, प्रकोपको पहिचान र त्यसले पार्न सक्ने असरको विश्लेषण, विपद्सम्बन्धी ऐन नीतिगत अवस्था लगायतका छलफल गरिने ढकालले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here