- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरसामुदायिक वन अभिलेख तथा लेखा व्यवस्थापन तालिम

सामुदायिक वन अभिलेख तथा लेखा व्यवस्थापन तालिम

- Advertisement -spot_img

राजपुर, ३ मंसिर । डिभिजन वन कार्यालय दाङको आयोजनामा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई अभिलेख तथा लेखा व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सोमबार राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा सम्पन्न भएको छ ।
देवीस्थान सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष हर्षराम केसीको अध्यक्षता तथा डिभिजन वन अधिकृत शंकरप्रसाद गुप्ताको प्रमुख आतिथ्यता र राजपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दुर्गाप्रसाद शर्मा (गोपाल) को विशिष्ट आतिथ्यतामा आइतबारदेखि सञ्चालन भएको तालिममा वन व्यवस्थापनअन्तर्गत सामुदायिक वन अभिलेख तथा लेखापरिक्षण व्यवस्थापन, प्रस्ताव एवं निर्णयहरू लेख्ने सम्बन्धी,
वन व्यवस्थापन, वैज्ञानिक वन ब्यवस्थापन, समूहमा सामूहिक भावना र सहकार्यमा टेवा पु¥याउने, समूहमा हुने क्रियाकलाप तथा ति क्रियाकलाप कार्य गर्न खर्च भएको रकमको व्यवस्थित लेखा राख्न सहजीकरण गरी स्रोत साधनको दिगो उपयोग गर्न सहयोग गर्ने आर्थिक पारदर्शी र सुशासन सम्बन्धी, समूहले कति प्रयोग गर्ने र राज्यलाई कति प्रतिशत दिने भन्ने विषयवस्तुको बारेमा प्रशिक्षण दिइएको थियो ।
राजपुर गाउँपालिकाभित्रका १३ वटा सामुदायिक वन उपभोक्ता समूहका २८ जना पदाधिकारीलाई तालिममा सहभागी गराइएको थियो । तालिमको समापन स्थानीय वन महासंघ राजपुरका अध्यक्ष रामवरण यादवले गरेका थिए ।
यादवले उक्त तालिमलाई समापन गर्दै दिगो वन व्यवस्थापन र वैज्ञानिक वन व्यवस्थापनको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । तालिमको प्रशिक्षण बेला सवडिभिजन कार्यालयका अधिकृत टेकनप्रसाद आचार्यले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here