- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरभूमि फिर्ता माग्दै प्रदर्शन

भूमि फिर्ता माग्दै प्रदर्शन

- Advertisement -spot_img

घोराही, ३ मंसिर । भारतले नेपाली भूमी आफ्नो नक्सामा गाँभेको विरोध गर्दै दाङमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । माध्यमिक विद्यालय रझेना घोराहीका विद्यार्थीहरुले भारतविरुद्ध प्रदर्शन गर्दै नेपाली भूमि फिर्ता गराउन सरकारलाई दबाव स्वरुप जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् ।
नेपाली भूमी मिच्न पाईदैन, लिपुलेक हाम्रै हो, भारतीय हस्तक्षेप बन्द गर, नयाँ नक्सा खारेज गर जस्ता नारा लगाउँदै विद्यार्थीहरुले घोराही बजारमा प्रदर्शन गरेका हुन् ।
भारतले एक पक्षीय ढंगबाट जारी गरेको नक्सा कुनै पनि हालतमा स्विकार्य नहुने भन्दै विद्यार्थीहरुले ऐतिहासिक दस्तावेज, प्रमाणमा आधारमा कुटनीतिक ढंगले नेपाली भूमि फिर्ता ल्याउन सरकारसँग माग गरेका छन् ।
भारतले विभिन्न सीमाहरुमा अतिक्रमण गरेकोतर्फ सरकारले गम्भीर भएर सोच्नुपर्ने बेला आएको विद्यार्थीहरुले बताएका छन् । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका भूमिहरु आफ्नो नक्सामा गाँभेर नेपाली जनताको भावनामा भारतले गम्भीर चोट पु¥याएको समेत ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
मावि रझेनामा कानुन र प्राविधिक संकायका विद्यार्थीहरु नेपाली भूमि फिर्ताको माग गर्दै सडकमा उत्रिएका हुन् । उनीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयमा उक्त ज्ञापनपत्र पठाएका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here