- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरहिंसामुक्त समाज निर्माण गर्न सञ्चारसँग छलफल

हिंसामुक्त समाज निर्माण गर्न सञ्चारसँग छलफल

- Advertisement -spot_img

तुलसीपुर, २ मंसिर । हिंसामुक्त समाज निर्माणका लागि लैंगीक हिंसाविरूद्धको १६ दिने अभियानलाई सफल बनाउन तुलसीपुरमा छलफल भएको छ । अभियानलाई सफल बनाउन तुलसीपुर उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखाले तुलसीपुरमा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीसँग छलफल गरेको हो ।
मंसिर ९ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने हिंसाविरूद्धको अभियानलाई सफल बनाउन मिडियासँगको सहकार्यमा अभियान सञ्चालन गरिने भएको छ । अभियान सञ्चालनका लागि तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले मिडियासँगको सहकार्यमा अभियानलाई प्रभावकारी बनाउने शाखा प्रमुख माया श्रेष्ठले बताईन् ।
अभियानमा ओरेक नेपालले पनि सहकार्य गर्ने भएको छ । अभियानको शुभारम्भमा मंसिर ९ गते म लैंगिक हिंसा गर्दैन र गरेको देखेमा रोक्छु भन्ने उद्देश्यका साथ हस्ताक्षर पनि संकलन गरिने प्रमुख श्रेष्ठले जानकारी दिइन् । त्यस्तै २० गते हिंसा नगरौँ, हिंसा रोकौँ भन्ने उद्देश्यका साथ तुलसीपुरमा मोटरसाइकल ¥यालीसमेत गरिने भएको छ ।
छलफलले रेडियो र पत्रपत्रिकामा प्रकाशन गरिने लैंगीक हिंसा विरूद्धको अभियानलाई सफल बनाउने सामग्री निर्माणका लागि नेपाल पत्रकार महासंघ दाङका सदस्य राकेश बस्नेतलाई जिम्मेवारी दिइएको छ ।
यसैबीच शाखाले मंसिर ४ गते परेको अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा तुलसीपुरमा रहेको सेन्टर माविमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने भएको छ । बाल विवाहको अवस्था, कारण, असर र न्यूनीकरणका विषयमा हुने वक्तृत्वकला प्रतियोगितामा तुलसीपुरका २३ वटा विद्यालयका बालबालिकाको सहभागिता रहने प्रमुख श्रेष्ठले बताइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here