- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरभुस्याहा कुकुरले हैरान होलेरी

भुस्याहा कुकुरले हैरान होलेरी

- Advertisement -spot_img

रोल्पा, २ मंसिर । रोल्पाको प्रवेश द्वार मात्र नभई प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी र स्वर्गद्वारीका महाप्रभुको जन्मस्थल रून्टीको समेत प्रवेश द्वारको रूपमा चिनिने रोल्पाको होलेरी बजारमा बिगत केही महिनादेखि भुस्याहा कुकुर र छाडा बंगुरहरूको आतंक फैलिएको छ ।
भुस्याहा कुकुरले बजारमा घुम्न आएका मानिसहरूलाई टोक्न थालेका छन । केही समय अगाडि बजारमा आएका स्थानीय शंकर पुनलाई भुस्याहा कुकुरले टोक्दा बजारमा रहेको स्वास्थ्य केन्द्रमा रेबिजविरूद्धको भ्याक्सिन नहँुदा निजी क्लिनिकमा गै महङ्गो पैसा खर्च गरेर उपचार गर्नुपरेको उनले गुनासो गरे ।
भुस्याहा कुकुरहरूले सर्वसाधारण मानिसलाई मात्र होइन ड्युटीमा रहेका प्रहरीलाई समेत टोक्न थालेका छन् । ईलाका प्रहरी कार्यालय होलेरीमा कार्यरत एक प्रहरी हवल्दारले भने केही महिना अगाडि बजारमा ड्युटीमा रहेको समयमा भुस्याहा कुकुरले टोकेको बताए ।
बजारमा ५० भन्दा बढीको संख्यामा रहेका भुस्याहा कुकुरहरूले रातिको समयमा केही अत्यावश्यक कामकाज र बिरामी पर्दा मानिसहरूलाई बजारमा आवतजावत गर्नमा समेत समस्या बनाएको स्थानीयको गुनासो रहेको छ ।
बजारमा ठूलो संख्यामा रहेका भुस्याहा कुकुरहरू र छाडारूपमा छोडिएका बंगुरहरूका कारण बजार क्षेत्र फोहर र दुर्गन्धित बन्न थालेको छ । बजार क्षेत्रमा जताततै कुकुर र बंगुरका दिसाहरू रहेकाले हिडडुल गर्नसमेत समस्या हुन थालेको बजारबासीको गुनासो रहेकोे छ ।
बंगुर ब्यवस्थापनका लागि बंगुर पाल्दै आएका ब्यक्तिहरूको नामावली गाउँपालिकालाई करिब पाँच महिना अगाडि बुझाउँदा पनि समस्या समाधानतर्फ कुनै चासो नदेखाएको गुनासो स्थानीय बजार ब्यवस्थापन समितिका अध्यक्ष भुपाल बस्नेतको रहेकोे छ ।
बजारको नजिकै रहेका पर्यटन क्षेत्र र बजारलाई समेत पर्यटकीय क्षेत्रको रूपमा विकास गरी नेपालभर चिनाउने र पर्यटक भित्र्याउने भन्दै हालसम्म पर्यटन र सरसफाईका लागि गाउँपालिकाले पटक–पटक गरी हाल करोडभन्दा बढी रूपैयाँ खर्च गरिसकेको छ ।
पछिल्लो समयमा बजार क्षेत्रमा भुस्याहा कुकुरहरूको आतंक र फोहरको दुर्गन्ध बढ्न थालेपछि घुम्न आउने आन्तरिक पर्यटकहरूको संख्यामा समेत कमि हुन थालेको बजारबासीले बताएका छन ।
समस्या समाधानका बारेमा स्थानीय सरकार र प्रशासन समक्ष जानकारी गराउँदा र जानकार हुँदाहँुदै पनि स्थानीय सरकार, जनप्रतिनिधि र प्रशासनले गाउँपालिकाले पर्यटन प्रवद्र्धन र विकास तथा सरसफाईको क्षेत्रमा करोडभन्दा बढी बजेट खर्च गरे पनि पछिल्लो समयमा त्यसलाई निरन्तरता नदिदा बालुवामा पानी खन्याए जस्तै भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here