- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरविद्यार्थीलाई खाजा रकम

विद्यार्थीलाई खाजा रकम

- Advertisement -spot_img

घोराही, २ मंसिर । घोराही–१९ सैघामा रहेको मावि होडवाङका विद्यार्थीलाई दिवा खाजा बाफतको रकम वितरण गरिएको छ । विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी खाजा रकम वितरण गरिएको हो ।
दैनिक रूपमा शिशुदेखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यालयका विद्यार्थीलाई दैनिक १५ रूपैयाँका दरले हुन आउने रकम उपमहानगरका शिक्षा तथा युवा महाशाखाका अधिकृत नारायण पौडेलले रकम वितरण गरेका हुन् । अभिभावकलाई सहभागी गराएर रकम वितरण गरिएको हो ।
विद्यालयमा अध्ययन गर्ने दुई सय ८८ जना विद्यार्थीलाई एक लाख ८७ हजार ९ सय ८० रूपैयाँ वितरण गरिएको हो । रकम वितरण कार्यक्रममा वडाभित्र रहेका अन्य विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शशीराम गिरीको अध्यक्षता तथा महाशाखाका अधिकृत नारायणप्रसाद पौडेलको प्रमुख आतिथ्यता एवं वडा अध्यक्ष हर्कबहादुर घर्तीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
बिद्यालयका शिक्षक केशबहादुर विष्टको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक प्रेमबहादुर घर्ती मगरले गरेका थिए । घोराही क्षेत्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि शिक्षा महाशाखाले दैनिक १५ रूपैयाँका दरले खाजा खर्चबाफतको रकम उपलब्ध गराउँदै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here