- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरस्वास्थ्य स्वयम्सेविकाको घरमा साइनबोर्ड

स्वास्थ्य स्वयम्सेविकाको घरमा साइनबोर्ड

- Advertisement -spot_img

घोराही, २ मंसिर । घोराही उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकाको पहिचानका लागि घरमा साइनबोर्ड राख्ने भएको छ । उपमहानगरको स्वास्थ्य शाखाले नगरभरी रहेका महिला स्वास्थ्य स्वयम्सेविकाहरूको घर–घरमा पहिचानका लागि साइनबोर्ड राख्ने निर्णय गरेको हो ।
मातृशिशु स्वास्थ्य सुरक्षाका लागि पहिलो चरणमा रेखदेख र निगरानी गर्दै आएका स्वयम्सेविकाहरूको पहिचानका लागि महिला स्वास्थ्य स्वयम्सेविका लेखिएको बोर्ड राख्ने निर्णय भएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए ।
गर्भवती आमाहरूको नियमित स्वास्थ्य जाँचको निगरानी, बच्चाहरूको खोप, विभिन्न औषधी सेवन र घरदैलो गरेर स्वास्थ्य सेवाका बारेमा सचेतना जगाउँदै आएका स्वयम्सेविकाहरूको पहिचानलाई थप प्रभावकारी बनाउन घरमा साइनबोर्ड राखिने भएको हो । घोराही उपमहानगरका १९ वटै वडामा गरी अहिले २ सय ३२ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरू रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here