- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeसम्पादकीयसडक सुधार

सडक सुधार

- Advertisement -spot_img

गाउँ–गाउँमा सिंहदरबारमा स्थापना भएर आएका स्थानीय सरकारहरूका पहिलो प्राथमिकता राखेर विकासलाई तिव्रता दिएका छन् । विकासमा सडक पूर्वाधारलाई विशेष महत्वका साथ सबै क्षेत्रमा हेरिन्छ ।
सबैसँग जोडिएको र सुगमताको परिभाषाले पनि सडकलाई महत्व दिएको छ । सडक अपरिहार्य पनि छ । तर सडकलाई सुधार र ब्यवस्थापन, सुरक्षाको आवश्यक हुन्छ ।
एक पटक निर्माण गरिएको सडकलाई दीर्घकालिनसम्मलाई भयो भन्नुभन्दा पनि समय र आवश्यकता अनुसार सडक मर्मत, सुधार र विस्तार गर्नसकेमा मात्रै सडकको सुरक्षा सुनिश्चित हुने गर्दछ । अहिले जिल्लाका अधिकांस सडकहरू असुरक्षित बन्दै गएका छन् । त्यसमा पनि बजार क्षेत्रका सडक अझ जोखिम र संकटमा छन् ।
साँघुरो सडक र अब्यवस्थित सवारी साधनका असुरक्षित सडक हुँदा बेला–बेला दुर्घटनाहरू भइरहन्छ । त्यस्ता दुर्घटनाले मानवीय तथा भौतिक क्षति बढाई पनि रहेका छन् । सडक साँघुरो हुनु र सडक सुरक्षा नहुँदा यस्ता घटनाहरू धेरै हँुदै आएका छन् । सडक सुरक्षित र भरपर्दाे भन्दा पनि खतरा र जोखिमले बढी क्रसित छ । समयमा मर्मत र विस्तार नहँुदा सडकहरू अस्तब्यस्त हुन थालेका छन् ।
साँघुरो सडक, जथाभावी सवारी साधनको चाप, अटो रिक्साको जबरजस्तीले सडक सुरक्षा कमजोर हुँदैछ । यिनै कारणले सडक बढी अस्तब्यस्त बन्दै छ । तुलसीपुर क्षेत्रका मुख्य, सहायक र भित्रि सडक ब्यवस्थित बन्न सकेका छैनन् ।
न त सडकमा सञ्चालन हुने साना ठूला सवारीका साधनहरू नै ब्यवस्थित रूपमा सञ्चालन भएको देखिन्छ । सडक सुरक्षा भएमा आफू पनि सुरक्षित भइन्छ भन्ने सोच सवारी चालक, बाटो हिड्ने बटुवा सबैमा हुनुपर्छ । त्यसलाई सुरक्षित गर्न सम्बन्धित निकायले समेत चासो देखाउन आवश्यक छ ।
स्थानीय सरकारहरूले विभिन्न योजनाहरू ल्याइरहेका छन् । तर धेरै योजनाहरू अहिलेसम्ममा पनि अधुरै छन् । निर्वाचन पूर्व र निर्वाचित भइसकेपछि स्थानीय तहहरूले आफू अनुकूलका नारा र योजनाहरू पनि नल्याएका हैनन् तर ती कार्यान्वयनमा पुग्न कठिन देखिएको छ ।
सामान्य नगरका सडकहरूमा सुरक्षा अपनाउने सम्बन्धीको तयारीसमेत देखिएको छैन । सडक सरोकारवालाहरू सडक सुरक्षाप्रति गम्भीर हुनसकेमा र सडक सुरक्षाका योजनाहरू ल्याउनसकेमा प्रभावकारी हुनेछ । अब स्थानीय तहले आफू मातहतका सडकको सुरक्षामा ध्यान दिनतिर लागौं र दुर्घटनालाई न्यूनीकरणमा गरौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here