- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरआधुनिक उपकरणसँग जोडिदै किसान

आधुनिक उपकरणसँग जोडिदै किसान

- Advertisement -spot_img

तुलसीपुर, १ मंसिर ।
पछिल्लो समय किसानहरू प्रविधिसँग जोडिदै जान थालेका छन् । खेतबारीमा प्रायः दिनभर व्यस्त रहने किसानहरू आधुनिक कृषि प्रविधिसँग जोडिन थालेपछि कृषि कार्यमा सहजता प्राप्त हुँदै जान थालेको छ । आधुनिक कृषि उपकरणका सामग्रीहरू बजारमा आएसँगै हप्तौँ लाग्ने कामहरू केही समयमै सकिने किसानहरू बताउँछन् ।
खेती किसानी गर्नेहरूका लागि सहजरूपमा जोत्नेदेखि अन्नबाली भित्र्याउने कामहरू मेसिनको प्रयोगबाट सहज हुँदै आएको बताउँछन् तुलसीपुर ७ निवासी देवराज शर्मा । खेतबारी जोत्नका लागि गाउँघरसम्म नयाँ प्रविधिका ट्रेक्टरहरू आउन थालेपछि अहिले काम गर्न सजिलो भएको उनको अनुभव छ । गाउँघरमा ज्यालादारीमा काम गर्ने, अरिम–परिम गरेर काम गर्नुपर्ने झन्झटिलोसमेत हटेर गएको उनले बताए । आफूजस्ता किसानहरू पछिल्लो समय बजारमा आएका मेसिन र उपकरणहरूको प्रयोगबाट प्रभावित भएको शर्माको भनाई छ ।
‘गाउँमा नयाँ–नयाँ कम्पनीका ट्रेक्टरहरू आउन थालेपछि जोत्नेदेखि अन्न भित्र्याउनेसम्मका कामहरू सहिजलै हुने गरेका छन्’, उनले भने– ‘सरकारले यस्ता मेसिनरी सामानहरूलाई थप व्यवस्थित गर्नसके हामीजस्ता किसानहरू निकै राहत पुग्ने थियो ।’ विगतमा धान, गहुँ, जौँ दाउनका लागि हप्तौँ लाग्ने गरेको भएपनि पछिल्लो समय थ्रेसर बजारमा आएसँगै एकदिनमै उक्त कामहरू सकिने सहजता उपलव्ध भएको उनी बताउँछन् ।

विगतको तुलनामा अहिले गोरू पालेर खेतबारी जोत्ने, मान्छे लगाएर धान काट्ने, हप्तौँ लगाएर भित्र्याउन नपर्ने अवस्था आईसकेको सोही ठाउँ निवासी शिवा बुढाले बताइन् । आफ्नो श्रीमान विदेश भएपनि खेतबारीमा लगाएको अन्नबाली भित्र्याउन कुनै समस्या नपरेको उनको भनाइ छ । ‘पहिलेको तुलनामा अहिले त धेरै सजिलो छ’, उनले भनिन् ‘पैसा हुनुप¥यो एकैछिनमा गोडमेल, खनजोत हुन्छ, अहिले त धान र गहुँ पनि दाउने मेसिन आईसक्यो एकदमै सजिलो भा’को छ ।’
आफूहरूले लगाएको अन्नबाली समयमै स्याहार्न पाउने भएपछि किसानहरूले बजारमा आएका विभिन्न कम्पनीका जोत्ने, दाउने र बोक्ने ट्रेक्टरहरूको प्रयोग धरै मात्रामा गर्दै आएका छन् । तुलसीपुरमा मात्र नभई पछिल्लो समय जिल्लाको घोराही र लमही क्षेत्रमा यस्ताखाले ट्रेक्टर र थ्रेसरहरूको प्रयोग एकदमै धेरै रहेको उनीहरूको भनाइ छ । तराई क्षेत्रहरूमा व्यापक प्रयोग हुने ट्रेक्टर र थ्रेसर अहिले दाङमा पनि लोकप्रिय बन्दै गएको अन्य किसानहरूको भनाइ छ ।
सरकारले खेतबालीमा अन्न उब्जाएर खाने किसानहरूका लागि सहजताका लागि विभिन्न आधुनिक उपकरण र प्रविधिहरू सुलभ मूल्यमा उपलव्ध गराए सबैखाले किसानहरूलाई ठूलो राहत पुग्ने उनीहरू बताउँछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here