- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरमन्दिरको पहिचान संकटमा पर्दै

मन्दिरको पहिचान संकटमा पर्दै

- Advertisement -spot_img

तुलसीपुर, १ मंसिर ।
धार्मिक सहिष्णुता र भातृत्वसँग जोडिएको ऐतिहासिक धार्मिकस्थल त्रिसिद्धेश्वरी मन्दिर पछिल्लो समय ओझेलमा पर्दै गएको कार्यक्रमका सहभागीहरूले बताएका छन् । यस क्षेत्रको पहिचानको रूपमा रहेको धार्मिक मन्दिरको विकास र स्तरोन्नतीका लागि स्थानीय संघसंस्था, राजनैतिक दल र सम्बन्धित सरोकारवालाहरूले ध्यान दिन नसक्दा धर्मप्रतिको आस्था र यसक्षेत्रको पहिचान संकटमा पर्दै जान थालेको उनीहरूको बताए । शनिबार त्रिसिद्धेश्वरी मन्दिर व्यवस्थापन समितिको सातौँ वार्षिक साधारणसभाका अवसरमा सहभागीहरूले यस्तो बताएका हुन् ।
धार्मिक, साँस्कृतिक, प्राकृतिक र नैतिक शिक्षाको मार्गदर्शनको रूपमा प्रसिद्ध रहेको तुलसीपुरको त्रिसिद्धेश्वरी कालिका मन्दिरलाई समयमै व्यवस्थित गर्नुपर्ने स्थानीय भक्तजनहरूको माग छ । संघ, प्रदेश र स्थानीय तहले यस क्षेत्रकै पुरानो धार्मिक महत्व बोकेको यस मन्दिरलाई आन्तरिक पर्यटन प्रवद्र्धनका रूपमा स्थापित गराउनुपर्ने उनीहरूले बताए ।
यस मन्दिरमा रहेका महालङ्केश्वर महादेव, महाकाली, महालक्ष्मी, महासरस्वती, अर्ध नारेश्वर, शिव–पार्वती, चक्रकुण्ड, १०८ शिवलिङ्ग, बागेश्वरी, यज्ञशालालगायतका विभिन्न भौतिक संरचनाहरू रहेकाले यस क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलको रूपमा स्थापित गर्नुपर्ने बताएका हुन् ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले यस मन्दिरको स्तरोन्नतिका लागि आफू सधँै तत्पर रहेको बताए । मन्दिर व्यवस्थापन तथा भौतिक संरचना निर्माणका लागि विगतका दिनहरूमा पनि बजेट प्रदान गर्दै आएको बताउँदै उनले सरकारसँग यस मन्दिरको विकासका लागि बजेट माग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै गोविन्द प्रसाद रजौरे, नवराज रजौरे, योगेश्वर रजौरे, नेवार सेवा समाजका अध्यक्ष नरेश राजभण्डारी, संस्थाका सल्लाहकार अरूणकुमार श्रेष्ठ, जर्नादन शर्मा, पूर्व अध्यक्ष नारायण प्रसाद रजौरे, खुमानन्द अधिकारी लगायतले मन्दिरको दीर्घकालिन विकास, पर्यटन प्रवद्र्धन र प्रचार प्रसारमा सबैले समयमै ध्यान दिन आवश्यक रहेको बताए ।
यज्ञशाला, धर्मशाला, धार्मिक मञ्च, सुविधा सम्पन्न खानेपानी तथा शौचालयको व्यवस्थापन, विभिन्न देवी–देवताका मूर्ति तथा मन्दिरलगायतका विभिन्न भौतिक संरचनाहरू रहेको मन्दिरलाई सबै मिलेर भ्रमण वर्ष २०२० अन्तर्गत पर्यटन प्रवद्र्धनमा विकास गर्नुपर्ने बताए । यस्तै आगामी दिनमा मन्दिरलाई धार्मिक, साँस्कृतिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुका साथै धार्मिक अध्ययन केन्द्रको रूपमा स्थापना गर्ने योजना रहेको समितिले जानकारी दिएको छ ।
त्यसैगरी धार्मिक शान्ति उद्यान निर्माण, गजुरसहितको मन्दिर निर्माण, सभाहल, योग साधना हल, विश्रामस्थललगायतका भौतिक संरचना निर्माण गरी धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्नका लागि मन्दिर व्यवस्थापन समितिले सबैले साथ र सहयोग गर्न आग्रह गरेको छ । मन्दिरमा सञ्चालन हुने विभिन्न धार्मिक कार्यक्रम, दानपेटीमार्फत वार्षिक १० देखि १५ लाखसम्म आर्थिक संकलन हुने भएपनि विभिन्न भौतिक तथा अभौतिक समस्याका कारण मन्दिर व्यवस्थापनमा समस्या पर्दै आएको उक्त कार्यक्रममार्फत जानकारी दिईएको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष शिवकुमार आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव साँगठनिक प्रतिवेदन प्रस्तुत र कार्यक्रमको सहजीकरण गरेका थिए । संस्थाका उपाध्यक्ष घनश्याम उपाध्यायले स्वागत गरेको कार्यक्रमको धन्यवाद ज्ञापन सहसचिव निर्मल नेपालीले गरेका थिए । कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवराज धितालको अध्यक्षतामा भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here