- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeविचारपश्चिम दाङको विकासमा सडक

पश्चिम दाङको विकासमा सडक

- Advertisement -spot_img

दाङ जिल्लाको पश्चिम अर्थात् तुलसीपुर उपमहानगरपालिकाभन्दा पश्चिम भूगोलमा तीन गाउँपालिका पर्दछ । तुलसीपुर–सुर्खेत मोटरमार्गले ती भूगोललाई बीचबाट काटेको छ । दाङको ग्रामीण विकास पछाडि परेको छ । विकासको लागि पहिला ग्रामीण विकास हुन जरूरी हुन्छ । ग्रामीण विकास गर्न सकेको खण्डमा मात्र विकासको गति बढ्छ । ग्रामीण विकासले जनताको जीवनस्तरमा सुधार, रोजगारीको सिर्जना, उद्योग तथा कलकारखानाको विकास, साधन र स्रोतको उपयोग तथा जिवनोपयोगी सिप र शिक्षाको विकासले अग्रगती लिन्छ । ग्रामीण क्षेत्रमा रहेका सीमान्तकृत, पिछडिएका वर्ग, महिला, आदिबासी, दलित, जनजाति, तथा गरिब वर्गको समावेशी सहभागितामा आर्थिक बृद्धितर्फ विशेष परिवर्तन आउँछ । तर यी सबै कुराहरू पश्चिम दाङबासीहरूको लागि पछाडि परेको छ ।
ग्रामीण क्षेत्रमा गरिबी सबैभन्दा ठूलो रोग हो । गरिबी र बेराजगारकै कारण आजभोलि गाउँमा युवाशक्ति छैनन् भन्दा पनि हुन्छ । यसले विकासका आधारभूत सबै कुरामा समस्या सिर्जना गरेको छ । गाउँमा युवा शक्ति नभएपछि विकासमा अवरोध पु¥याएको छ । वास्तवमा गरिबी के हो ? कस्तो अवस्थालाई गरिबी मान्ने ? कसरी गरिबी निवारण गर्न सकिन्छ ? गरिबीले भोक र शोक मात्र नभएर अनेक समस्याहरू जन्माउँछ । ग्रामीण क्षेत्रको गरिबीको कारणले सामाजिक शोषण, बेरोजगारी, अव्यवस्थित बसोबास, बसाईसराई, अपराधको बृद्धि, राजनीतिक अस्थिरता, प्राकृतिक सम्पदाको विनासजस्ता नकारात्मक परिणामहरू सुरू हुन्छ । जुनकुरा अहिले पश्चिम दाङमा देखिन थालेको छ ।
पश्चिम दाङको लागि विकासको बाधक बनेको सडक हो ।
यो सडकखण्डको निर्माण कार्य २०४८ सालदेखि सुरू भएको थियो । पञ्चायती शासकहरूले समेत बेवास्ता गर्दै आएका सडकहरू लामो समयसम्म बन्न सकेको थिएन । खोलानालाका पुलहरूको समस्या झनै अर्को समस्या थियो । तर अहिले तुलसीपुर–सुर्खेत सडक पक्की बन्न लागेको छ । दाङ–सुर्खेत १ सय १७ किलोमिटर सडक स्तरवृद्धिका लागि काम थालनी भएको छ । यो सडकले दाङ–सुर्खेत मात्र होइन कर्णाली प्रदेशलाई छोटो दूरीबाट राजधानीसँग जोड्न र दाङको समग्र विकासको मेरूदण्डसमेत हुनेछ ।
दाङ–सुर्खेत सडकखण्ड निर्माण भएपछि सुर्खेत, दैलेखलगायतका जिल्लालाई राजधानी जान झण्डै १ सय ५ किमि सडकको दूरी कम हुनेछ । तुलसीपुरदेखि सल्यान कालिमाटीसम्म ६८ किलोमिटर र सल्यान कालिमाटीदेखि सुर्खेतको बोटेचौरसम्मको १७ किलोमिटर सडकको स्तरोन्नतिका लागि काम भइरहेको छ । दाङ–सुर्खेत सडक स्तरोन्नति भएपछि दाङबाट सुर्खेत पुग्न महेन्द्र राजमार्गबाट भन्दा करिब ९० किलोमिटर सडकको दूरी कम हुनेछ ।
सडक यातायातको विकाससँगै पश्चिम दाङका ग्रामीण बस्तीहरूमा ग्रामीण बजारको विकास हुन थालेको छ । तुलसीपुरभन्दा पश्चिम पवननगर, शान्तिनगर, चिराघाट र बाघमारेमा ग्रामीण क्षेत्रलाई ब्यापारको केन्द्र बनेको छ । त्यसैगरी तुलसीपुर–सुर्खेत मार्गमा पर्ने बालापुर, बागर, श्रीगाउँ, धनौरी, पंचकुले, हापुरे र पुरन्धाराको हंसपुर ग्रामीण बजारको केन्द्र बनेका छन् । हापुरे बजार द्वन्द्वकालका लागि ऐतिहासिक स्थल मानिन्छ । हापुरे गाउँ मुलुकभित्र मात्र नभएर द्वन्द्वकालमा देश विदेशमा समेत चर्चा परिचर्चा भएको स्थल हो ।
विकास भनेको पविर्तन हो । परिवर्तन अनन्त चलिरहने प्रक्रिया पनि हो । दाङ जिल्लाको पश्चिम भूगोल सुर्खेत, सल्यान र बाँके जिल्लासँग जोडिएको छ । बबई नदी, शारदा नदी र ति नदीसँग मिसिने दर्जनौ सहायक खोला महाभारत पर्वत र चुरे श्रृङ्खलाको बीचमा वन जंगल रहेको छ । प्राकृतिक जंगललाई संरक्षण गर्न नसक्दा पश्चिम दाङका जंगल बिनास हुन लागेको छ । जंगलमा हुने चोरी, तस्करी रोकिएको छैन । जंगल बिनासले गर्दा प्रत्येक बर्ष बाढी पहिरोले जनधनको नोक्सानी भएको छ । विकाससँग वन र वातावरण संरक्षण हुनुपर्दछ । वन जंगल भएन भने जलवायु परिवर्तनले पछिल्ला दिनहरूमा त्यहाँ बस्ने मानिसहरूको लागि ठूलो असर आउने छ । यसतर्फ पनि पश्चिम दाङका बासिन्दा चनाखो हुन जरूरी छ ।
विकासलाई आधारभूत मानिएको सडक भएपनि सडक हुने बित्तिकै त्यो ठाउँको विकास हुने होइन । ठाउँको विकासको लागि ग्रामीण भेगमा आर्थिक विकास हुन जरूरी छ । पश्चिम दाङमा अब कृषि र पशुपालन ब्यवसाय ग्रामीण क्षेत्रमा विकास गर्नुपर्ने हुन्छ । ग्रामीण भेगमा अग्र्यानिक कृषि उत्पादनलाई विकास गर्नसके यसले पश्चिम दाङको आर्थिक परिवर्तन ल्याउनमा ठूलो मद्दत गर्दछ । अब ग्रामीण भेगमा रहने मानिसहरूले आर्थिक लाभ लिन अग्र्यानिक तरकारी र फलफूल उत्पादन बढाउनु पर्दछ । सामुदायीक वनका उर्वरमाटोमा वन तरूल, खाली रहेका जमिनमा केरा खेती, मेवा खेती, जडिबुटीका खेतीलाई अभियानको क्रममा विकास गर्न सकियो भने सडक सुविधाले पश्चिम दाङका बासिन्दाले फाइदा लिन सक्दछन् ।
पश्चिम दाङमा अहिलेसम्म निर्वाहमुखी कृषि पद्धति प्रचलनमा रहेको छ । जसले गर्दा कृषि ब्यवसाय नाफामूलक अर्थात् किसानहरूले आफ्नै पेट भर्न पनि सकिरहेका छैनन्भन्दा पनि हुन्छ । गुजारामुखी कृषि प्रणालीमा परिवर्तन गरी किसानलाई कृषि उद्यमी बनाउनु सबैभन्दा ठूलो चुनौती छ । कृषकको स्तर परिवर्तनबाट मात्र कृषिमा परिवर्तन सम्भव छ । कृषि पेसालाई नाफा कमाउने उद्देश्यले गरिनुपर्छ । नाफा कमाउने उद्देश्यले कृषि व्यवसाय गर्ने व्यक्ति अथवा समूहलाई कृषि उद्यमी भनिन्छ ।
यस अन्तर्गत उत्पादन गर्ने, प्रशोधन गर्ने, बिक्री वितरण गर्ने र सेवा प्रदान गर्नेजस्ता क्रियाकलापहरू पर्छन् । कृषि उत्पादनका साधनहरू भूमि, श्रम, पुँजी र प्रबन्धलाई उचित प्रयोगद्वारा धेरैभन्दा धेरै उत्पादन कसरी गर्ने र त्यसबाट धेरै मुनाफा कसरी कमाउने भन्ने कुरा किसानले जान्नुपर्ने हुन्छ । परम्परागत कृषि प्रसार र अनुसन्धान कार्यक्रमलाई परिवर्तन गरेर कृषि उद्यमीका लागि बजार र प्रविधि ग्यारेन्टी गर्ने खालको हुनुपर्छ । विदेश गएर प्रविधि र सीप लिएर वा आफ्नै देशमा केही गरौँ भनी कृषिमा लगानी गरिरहेका सयौं युवा किसानहरूको भविष्य सुनिश्चित हुनुपर्छ ।
कृषिका लागि मुख्य चुनौती सिंचाई हो । पश्चिम दाङमा अहिले पनि ६० प्रतिशत भू–भागमा अहिले पनि सिंचाई छैन । अब प्राकृतिक रूपमा गाउँमा भएका ताल पोखरीहरूको संरक्षण गर्नुपर्दछ । सिंचाईकै लागि अब गाउँमा कृत्रिम जलाशयहरू निर्माण गर्दै जानुपर्दछ । गाउँमा सडक सञ्जालको विकास तथा विस्तार गर्ने र आवश्यक पुलको निर्माण गर्नुपर्दछ । किसानले समयमै मलखाद बीउबिजन पाउन सकिरहेका छैनन् । किसानका लागि मलखाद, बीउबिजन र सिंचाईको व्यवस्था मिलाउनेतर्फ स्थानीय सरकारको ध्यान दिनु पर्दछ । पछिल्लो समय गाउँमा कृषि मजदुरको अभाव र खेतीयोग्य जमिन मासिने क्रम बढ्दो छ । कृषि भूमि संरक्षणका लागि अब भू–उपयोग नीति कार्यान्वयन गर्नुपर्दछ । वैज्ञानिक, व्यावसायिक तथा आधुनिक कृषि प्रणालीका लागि यान्त्रिकीकरण र कृषि शिक्षामा जोड दिनुपर्छ ।
गुरूयोजनाबिनाको कुनै पनि विकास अधूरो मानिन्छ । बिना गुरूयोजनाको विकासले विकासको निरन्तरताभन्दा पनि नोक्सानी बढी हुने गरेको छ । जुन कुरा अहिले विकासको क्रममा भत्काइएका संरचनाहरूले देखाएको छ । पश्चिम दाङबासीहरूले अब हुने विकासमा गुरूयोजना बनाउनुपर्दछ । काम तुरून्त हुन नसकोस् तर गुरूयोजना अनुसार विकासको काम भयो भने त्यो विकास स्थायी बन्छ । चाहे सडक अथवा विद्यालय भवन, स्वास्थ्य चौकी नै किन नहोस् यो निर्माण गर्दा गुरूयोजना बनाउनुपर्दछ ।
पश्चिम दाङबासीले सुर्खेत सडक मात्र होइन ग्रामीण विकासको लागि महाभारत श्रृङ्खलाको किनारका बस्तीदेखि बबई किनार अर्थात् गोल्टाकुरीको भूगोलसम्मलाई लिएर चक्रपथको गुरूयोजना बनाउन जरूरी छ । अहिले भएको पवननगर हुँदै पुरन्धाराको घट्टेखोलामा जोएिको सडकलाई तुलसीपुर–सुर्खेत सडकसँग चक्रपथको काम लिन सकिन्छ । भने यो सडकबाट ग्रामीण बस्तीमा जाने सडक निर्माण गर्दा पनि योजनाअनुसार निर्माण भयो भने त्यो विकासले आउने पुस्ताहरूलाई समेत काम दिनसक्छ ।
कृषि र पर्यटनको आ–आफ्नै महत्व छ । दुबैलाई एकै ठाउँमा समन्वय गरेर विकासको योजना हालसम्म बनेको पाइदैन । कृषि र पर्यटन दुबैलाई समन्वय गरेर विकासको योजना बनाँउदा अवश्य पनि फाइदा पुग्छ र विकासको गति चाँडो हुन्छ । कृषि पर्यटनको एकीकृत विकास योजनाले कृषि उत्पादनमा शुद्धिकरण र बजारमा प्रभाव पर्नुका साथै प्राविधिक विषय तथा कृषि सूचनाको समेत आदान प्रदान हुन्छ । कृषि पर्यटनको एकीकृत विकास योजनाले पर्यटन क्षेत्र विस्तार भई मौलिक नेपाली संस्कृति र सामाजिक सद्भाव बढ्ने प्रचुर सम्भावना हुन्छ । कृषि पर्यटनले विदेशी नयाँ प्रविधि र नेपाली युवा कृषकको उत्साहको बीचमा प्राविधिक पक्षको आदानप्रदान भई उत्पादनमा विशिष्टता, प्रशोधनमा नवीनता, स्वादमा मौलिकता, उपभोगमा गुणस्तरीयता र स्थानीय बजार प्रवद्र्धनमा समेत सहयोग पुग्छ भने व्यवसायिक स्थायीत्व र युवा कृषकको कृषिमा सहभागिता बढ्ने भएकोले कृषिलाई पर्यटनसँग जोड्न जरूरी छ ।
कृषि पर्यटनको एकीकृत विकास योजनाले पर्यटन क्षेत्र विस्तार भई पर्यटकको प्रत्यक्ष सहभागितामा मौलिक उत्पादनको प्रशोधन हुन्छ । कृषि पर्यटक समाजमा प्रत्यक्ष सहभागी हुनाले समाजिक सद्भाव बढ्छ । फर्म–स्टे, होम–स्टेको र होटल–स्टेको सूव्यवस्थापनले पर्यटकको आकर्षण बढ्न गई पर्यटन आवागमन विस्तार हुन्छ । सामाजिक सद्भावको दायरा विस्तार भई मौलिक घरेलु वस्तुहरूको उत्पादन बढ्छ । चिनारी एवं चिनोको रूपमा प्रदान गरिने स्थानीय उत्पादनको उपहार आदिले बजार विस्तार हुन्छ । स्वदेशको कृषि उपजबाट निर्मित पहिचान वस्तु विदेशमा विस्तार हुने सुनिश्चित भएकोले पर्यटनलाई कृषिसँग जोड्नु जरूरी छ ।
कृषि पर्यटनको आवश्यकता र वस्तुगत यथार्थ कृषि प्रविधि तथा प्राविधिक विषय आदानप्रदान हुने कृषि सूचनाको आदानप्रदान भई व्यावसायिक सुनिश्चिता हुने सम्भाव्यता र व्यवसायीकताको आदान प्रदान हुन्छ । स्थानीय उत्पादनको बजार व्यवस्थापन र विस्तारमा सहयोग पु¥याउने कृषि व्यवसायलाई यान्त्रिकरणमा सहयोग पु¥याउँछ । कृषिमा विशिष्टीकरण हुने र पर्यटनमा सहजीकरण हुन्छ भने नयाँ प्राविधियुक्त कृषिको अवलोकन भ्रमणले कृषकको उत्साह बढ्ने र गुणस्तरीय उत्पादनको उपभोगमा आकर्षण बढ्छ । सामाजिक स्तरीयताको वातावरण सिर्जना हुन्छ भने कृषक र पर्यटकबीच सद्भावपूर्ण व्यवहारिक सम्बन्ध स्थापित हुँदै नवीन दृष्यावलोकन गर्ने ठाउँ बढ्दै जान्छ । मौलिक उत्पादन, मौलिक स्वाद, मौलिक बसोबास एवं मौलिक संस्कृतिको विकास हुन्छ । पर्यटनको क्षेत्र विस्तार भई पर्यटकको संख्या बृद्धि हुन्छ ।
कृषि पर्यटन क्षेत्र विकास र विस्तारले पश्चिम दाङमा पर्याप्त मात्रामा रोजगारीको सिर्जना गराउँछ । व्यक्तिगत व्यापार बढाई आयआर्जनमा वृद्धि गराउँदै कृषि उपजमा राज्यको परनिर्भरतामा कमि गराउँछ । स्थानीय आवश्यकता पूर्णरूपमा पूर्ति गराउँछ । चेतना विस्तार गराई कृषि पर्यटनमा युवा आकर्षण बढाउने मात्र नभएर कृषि उत्पादनमा युवा सिर्जनशीलतको विकास गराउँदै गाउँदेखि समुदाय र मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर गराउँछ । विदेश पलायन भएका युवा बल र बुद्धिलाई स्वदेशको कृषि व्यवसायमा आकर्षित गराउँछ । अर्गानिक र गुणस्तरीय खाद्य उत्पादनको अभियान सञ्चालन हुन्छ । रासायनिक मल र विषादीलाई विस्थापीत गरी प्राङ्गारिक मल प्रयोग गराउन सिकाउछ ।
पदmबकजबछिण्२नmबष्।िअयm

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here