- Advertisement -spot_img
Friday, June 18, 2021
Homeविचारआरक्षण कार्यान्वयनमा समस्या

आरक्षण कार्यान्वयनमा समस्या

- Advertisement -spot_img

सार्वजनिक सवारी साधनमा आरक्षण सिट छुट्याएको हुन्छ तर कार्यान्वयनमा फितलो देखिएको छ । यातायात व्यवसायीले आरक्षण सिट कार्यान्वयन भइरहेको दाबी गरेपनि व्यवहारमा कार्यान्वयन भएको देखिएको छैन् । जेष्ठ नागरिक, महिला, अपाङ्गता भएका नागरिकका लागि आरक्षण सिट अनिवार्य सरकारले सार्वजनिक सवारी साधनमा अनिवार्य व्यवस्था गरेपनि कार्यान्वयन हुन नसक्दा सम्बन्धित नागरिक लाभाम्वित हुन सकेका छैनन् । नागरिकले पाएको अधिकार कार्यान्वयन नहु“दा आरक्षण सिट र छुट भाडा पनि कागजमै सीमित रहेको छ । अधिकांश सार्वजनिक सवारी साधनमा आरक्षण सिट नै लेखिएको पाइदैन भने केही सीमित सवारी साधनमा आरक्षण सिट लेखिए पनि कार्यान्वयन हुन सकिरहेको देखिदैन् ।
कतिपय सर्वसाधारण नागरिकलाई आरक्षण सिटबारे नै थाहा छैन् भने कतिपयलाई थाहा हु“दा पनि व्यवसायीको अटेरीका कारण आरक्षण सिटको कार्यान्वयन हुन नसकिरहेको स्पष्ट छ । कार्यान्वयन कसले गराउने ? भन्ने अहिले पनि यो विषय आलटालमै रहेको छ । सरोकारवाला निकायले नियमन गर्न नसक्दा पनि यातायात व्यवसायीको मनपरी चल्ने गरेको छ । दाङबाट छुट्ने लामो तथा छोटो दूरीमा चल्ने कुनै पनि सवारी साधनमा आरक्षण कोटा लागू गराउन सम्बन्धित निकायको पहल पनि भएको देखिदैन् । नियम बन्ने तर कार्यान्वयन नहु“दा नागरिकले लामो समयदेखि कुनै पनि क्षेत्रमा परिवर्तनको अनुभूति गर्न सकिरहेका छैनन् । केही सीमित औंलामा गन्न सकिने नागरिकले आरक्षण सिटको पाएपनि सम्बन्धित सबै नागरिक लाभाम्वित हुन सकेका छैनन् । आरक्षण सिटको कार्यान्वयनका लागि सम्बन्धित नागरिक पनि सचेत हुन जरुरी छ । सम्बन्धित नागरिकको सचेतनाबिना आरक्षण सिटको कार्यान्वयन हुन मुस्किल देखिन्छ । त्यसैगरी भाडामा पाउनुपर्ने सहुलियतको व्यवस्था पनि कार्यान्वयन भएको देखिदैन् । विद्यार्थी, अपाङ्गता भएका नागरिक र जेष्ठ नागरिकले भाडामा छुट पाउन सकेका छैनन् ।
नियमक निकायको मौनता र यातायात व्यवसायीको अटेरीका कारण यात्रुहरु आफ्नो अधिकारबाट बञ्चित हुन पुगेका छन् । व्यवसायीले सकेसम्म विद्यार्थी, अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिकलाई छुट माग्छन् भन्ने ध्येयले बसमा नचढाउने मनसायमा रहेको पनि देखिन्छ । जसले गर्दा यात्रुले सार्वजनिक सवारी साधनको अपनत्व गर्न सकेका छैनन् । सरकारले तोकेको आरक्षण सिट र सहुलियत भाडा पूर्ण कार्यान्वयनका लागि यातायात व्यवसायीलाई बेला–बेलामा सम्बन्धित निकायले सजक र खबरदारी गराउन आवश्यक छ । नियमक निकायले महत्वका साथ यी कुरामा ध्यान दिन सक्यो भने पनि आरक्षण सिट र भाडा छुट कार्यान्वनमा आउने देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here