Tuesday, March 26, 2024
Homeफिचरसेवा फाउन्डेसनको अध्यक्षमा केसी

सेवा फाउन्डेसनको अध्यक्षमा केसी

- Advertisement -spot_img

तुलसीपुर, १ मंसिर ।
सेवा फाउण्डेसन नेपालको अध्यक्षमा नहकुल केसी चयन भएका छन् । फाउण्डेसनको शनिबार तुलसीपुरमा भएको चौथो अधिवेशनले केसीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरको हो । समितिको उपाध्यक्षमा दुर्गा चौधरी, महासचिवमा सन्तोष केसी, सचिवमा शान्ता कँडेल, कोषाध्यमा प्रकाश केसी चयन भएका छन् ।
त्यसैगरी समितिको सदस्यहरूमा लक्ष्मण भण्डारी, लक्ष्मी विश्वकर्मा, समीता चौधरी र प्रकाश रावत चयन भएका छन् । त्यसैगरी फाउण्डेशन कानुनी सल्लाकारमा डिल्लीराज धिताल चयन भएको फाउण्डेशनले जनाएको छ ।
यसैबीच सेवा फाउण्डेशन नेपालको साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन गर्दै प्रदेशसभा सदस्य एवं सार्वजनिक लेखासमिति प्रदेश नम्बर ५ का संयोजक डिल्लीबहादुर चौधरीले सरकार नपुगेको ठाउँमा गैरसरकारी संस्थाले विकास निर्माणमा अघि बढेको बताए ।
‘सरकार नजर सबै ठाउँमा पुग्दैन्, सेवा फाउण्डेशन नेपालजस्ता संस्थाले ग्रामीण बस्तीका नागरिकको जीवनशैली सहज बनाउन भूमिका खेलेका छन्’ उनले भने– ‘विकास निर्माणसँगै रोजगारीलाई जोड्न फाउण्डेशनले भूमिका महत्वपूर्ण छ ।’
फाउण्डेशनले ग्रामीण समुदायमा झोलुंगे पुल निर्माणसहित शिक्षामूलक, आयमूलक सिपमूलक, सूचना प्रविधिलगायतको काम गर्दै आएको छ । दाङसहित रूकुम पूर्व, पश्चिम रूकुम, सल्यान, रोल्पा लगायतका ठाउँमा कार्यक्षेत्र रहेको फाउण्डेसनले दाङ र रूकुममा ८७ झोलुंगेपुल निर्माण गरिसकेको छ भने दाङमा छवटा निर्माणाधिन रहेको फाउण्डेशनका महासचिव सन्तोष केसीले पेश गरेको प्रगति विवरणमा उल्लेख छ ।
यस्तै संस्थाले स्थानीय सरकारसँगको सहकार्यमा साना पूर्वाधार विकास, क्षमता अभिवृद्धि, कृषि क्षेत्रको विकास, युवालाई रोजगारी दिने किसिमका कार्यक्रम सञ्चालन गर्नेलगायतका कार्यक्रम आगामी दिनमा सञ्चालन गर्ने लक्ष्य राखेको छ । फाउण्डेसनले हालसम्म करिब १ हजार ६ जनालाई रोजगारी प्रदान गरेको छ ।
उद्घाटन समारोहमा संस्थाका कोषाध्यक्ष सुशीला कार्कीले ३३ लाख ३२ हजार ६ सय १३ बराबरको आर्थिक कारोबार गरेको आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । संस्थाका सदस्य टिकाराम भण्डारीको स्वागत मन्तव्यबाट शुरू भएको उद्घाटन समारोहमा संस्थाका संस्थापक अध्यक्ष नहकुल केसी, डिल्लीराज धिताल, पूर्वसल्लाहकार शालिकराम रेग्मीलगायतले विपन्न नागरिकको साथी संस्था बन्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण बसन्त केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here