- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरआदर्शमा निःशुल्क आँखा जाँच शिविर

आदर्शमा निःशुल्क आँखा जाँच शिविर

- Advertisement -spot_img

तुलसीपुर, १ मंसिर ।
तुलसीपुर–६ गोलौरामा रहेको आदर्श इङ्लिस मिडियम स्कुलले एकदिने निःशुल्क आँखा जाँच शिविर गरेको छ । विद्यालयले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत विद्यालयमा विद्यार्थी र अभिभावकका लागि निःशुल्क आँखा जाँच शिविर गरेको हो । रिभिजन आँखा उपचार केन्द्र घोराही शाखा र तुलसीपुर शाखाको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा करिब तीन सय विद्यार्थी र अभिभावकले आँखा जाँच गराएको विद्यालयका प्रिन्सिपल लक्ष्मणकुमार रेग्मीले जानकारी दिए ।
‘विद्यालयमा अभिभावक र विद्यार्थीका लागि शिविर भनिए पनि छिमेकी समुदायले सेवा लिनुभएको छ’ उनले भने– ‘आँखाजस्तो संवेदनशील अंगको जाँच अनिवार्य छ भन्ने उद्देश्यले शिविर नै सञ्चालन गरेका हौँ ।’ विद्यालय सञ्चालक समितिका अध्यक्ष युवराज रेग्मीले आँखा जाँच शिविरले विद्यार्थी तथा अभिभावकमा आँखाको संवेदनशीलताप्रति गम्भीर बनाएको बताए । ‘विद्यालयको सामाजिक उत्तरदायित्व बहन गरेको छ’ उनले भने– ‘आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने सोचमा छौँ ।’
विद्यालयले आयोजनमा गरेको आँखा जाँच शिविर निकै उदाहरणीय काम भएको अभिभावक तथा नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीका प्रोफेसर प्रेमकुमार आचार्यले बताए । ‘आँखा जाँच हुन थालेको छ भनेपछि म पनि आएको हुँ’ उनले भने– ‘यस्ता किसिमका उदाहरणीय काम भइराख्नुपर्छ ।’ जाँच शिविरमा दृष्टीदोष, मोतियाविन्दु, एलर्जी, टेरिजियन, डेढो आँखा, आँखामा संक्रमणलगायतका समस्या देखिएको दृष्टिरोग विशेषज्ञ नितेश कुँवरले जानकारी दिए ।
‘शिविरमा बढी समस्या देखिएकालाई आँखा अस्पतालमा रिफर गरेका छौँ’ उनले भने–‘शिविरमा चार÷पाँचजनामा बढी समस्या देखिएको छ ।’ आँखा जाँच शिविरमा अर्का आँखा रोग विशेषज्ञ कृष्ण बन्जाडेले विद्यार्थीमा मोवाइलका कारण समस्या देखिएको बताए । ‘अधिकांश बालबालिकाको आँखा मोवाइल हेरेकै कारण समस्या देखिएको छ’ उनले भने– ‘बालबालिकालाई मोवाइलबाट टाढा राख्न अभिभावकले ध्यान दिनुपर्छ ।’
विद्यालयकी शिक्षिका मिन पौड्यालले विद्यार्थी आँखाका कारण शैक्षिक अवस्था कमजोर हुने हुँदा शिविरले सहज बनाएको बताइन् । ‘विद्यार्थीहरू आँखा जाँच गराएपछि ढुक्क भएका छन्’ उनले भनिन्–‘आँखामा देखिने समस्याले विद्यार्थीमा पढाइ पनि प्रभावित हुने हुन्छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here