- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरअनुदानमा कृषकलाई बीउ वितरण

अनुदानमा कृषकलाई बीउ वितरण

- Advertisement -spot_img

घोराही, १ मंसिर ।
घोराही उपमहानगरपालिकाले साढे १५ क्विन्टल विभिन्न अन्नका मूल बीउ कृषकहरूलाई अनुदानमा दिएको छ । उपमहानगरको कृषि विकास शाखाले गहुँ, तोरी र मसुरो गरी १५ क्विन्टल ६० किलो तीनवटा बीउ उत्पादक समूहलाई ५० प्रतिशत अनुदानमा दिएको हो ।
गौतम जातको गहुँ ९ क्विन्टल ९० किलो, तोरी ३ क्विन्टल ३० किलो र मसुरो २ क्विन्टल ४० किलो मूल बीउ किसानलाई दिएको शाखा प्रमुख चोपनारायण खनालले जानकारी दिए । वडा नम्बर १ को जैविक विविधता सहकारी संस्था, वडा नम्बर ९ को बागेश्वरी बीउ उत्पादक सहकारी संस्था र वडा नम्बर २ मा रहेको शिवशक्ति बीउ उत्पादक कृषक समूहलाई अनुदानमा ति अन्नका बीउहरू दिईएको हो ।
गहुँको प्रतिकिलो ७५, तोरी १ सय २५ र मसुरो १ सय ४० रूपैयाँ किलो पर्ने र ५० प्रतिशत अनुदानमा किसानलाई दिइएको शाखा प्रमुख खनालको भनाई छ । साथै कृषि शाखाले किसानहरूलाई ५० प्रतिशत अनुदानमै १ सय ५० क्विन्टल गहुँ वितरणको प्रक्रिया सुरू गरेको छ । कृषि पेशाप्रति आकर्षित नगरले किसानलाई अनुदानमा मूल बीउ उपलब्ध गराएको जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here