- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरदुईदिने लेखापरिक्षण तालिम

दुईदिने लेखापरिक्षण तालिम

- Advertisement -spot_img

तुलसीपुर, १ मंसिर ।
पछिल्लो समय लेखापरिक्षणको महत्व र आवश्यकतालाई मध्यनजर गर्दै तुलसीपुरमा दुईदिने लेखापरिक्षण तालिम सञ्चालन भएको छ । नेपाल चार्टड एकाउन्टेन्ट्स र नेपाल अडिटर्स एसोसिएसन नेपालको संयुक्त आयोजनामा दुईदिने लेखापरिक्षण तालिम सञ्चालन भएको हो ।
लेखापरिक्षण गर्ने क्रममा हुने त्रुटीलाई कम गर्न र क्षमता अभिवृद्धि गर्नका लागि एसोसिएसनको जिल्ला कार्यसमिति सदस्य ललितबहादुर घर्तीको अध्यक्षतामा दुईदिने तालिम सञ्चालन भएको हो ।
कार्यक्रममा पछिल्लो समय सहकारी संस्थाहरूमा लेखापरिक्षणको महत्व बढ्दै गएकाले तालिमको सञ्चालन गरिएको कार्यक्रमका प्रमुख अतिथि एवं एसोसिएनका केन्द्रीय उपाध्यक्ष अवदुल करिनले यसको महत्व, आवश्यकता, चुनौती र प्रक्रियाका बारेमा प्रशिक्षण दिएका थिए । उनले लेखापरिक्षणको क्रममा हुने चरण, सम्भावित त्रुटीका विषयमा समेत प्रशिक्षण दिएका थिए ।
कार्तिक २९ गतेदेखि सञ्चालन भएको उक्त तालिममा एसोसिएनका जिल्ला उपाध्यक्ष अमर गिरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने तालिमको सहजीकरण सचिव हरिबहादुर डिसीले गरेका थिए । तालिममा ४२ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here