- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeखेलकुदपर्यटन प्रवद्र्धनका लागि साइकलिङ

पर्यटन प्रवद्र्धनका लागि साइकलिङ

- Advertisement -spot_img

तुलसीपुर, १ मंसिर ।
पर्यटन प्रवद्र्धनमा हामी सबैसँगै भन्ने मुल नाराका साथ तुलसीपुर साईकलिङ क्लवको एक टोलीले शनिबार दाङ शान्तिनगरको सुकिकोटसम्मको साईकल यात्रा गरेको छ । नेपाल भ्रमण बर्ष २०२० लाई सार्थक र परिणाममुखी बनाउन थप टेवा पु¥याउने उद्देश्यका साथ टोलीले पश्चिम दाङको शान्तिनगर–३ सुकिकोट सुन्दरादेवी भगवती मन्दिरसम्मको साइकल यात्रा तय गरेको हो ।
तुलसीपुरको बिपी चोकबाट झण्डै २७ किलोमिटरको दूरीमा पर्ने ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दुई सय बर्ष पुरानो सुन्दरादेवी भगवतीको मन्दिरसँगै पर्यटनको प्रचुर सम्भावना बोकेको प्राकृतिक मनोरमस्थल सुकिकोटको प्रचार प्रसार लागि आफूहरू साईकल यात्रामा निस्केको तुलसीपुर साइकलिङ क्लवका अध्यक्ष झलक केसीले जानकारी दिए ।
पश्मिम दाङको सानो शक्तिपीठका रूपमा प्रसिद्ध उक्त मन्दिरमा नवदुर्गाको अष्टमीको दिन बली चढाएमा मनोकाक्षा पूरा हुने धार्मिक जनविश्वाससमेत रहेको छ । विशेषगरी सुन्दरादेवी भगवती मन्दिरमा नवदुर्गामा मेला लाग्ने र भक्तजनको घुईचो लाग्ने गर्दछ । साइकल यात्रा टोलीमा झलक केसी, रेश्मीराज अधिकारी, खुम बहादुर न्यौपानेलगायत रहेका थिए । यसैबीच टोलीलाई शान्तिनगर वडा नम्बर ३ ले स्वागत गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here