- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरबाघमारेमा काँग्रेसको चुनावी सभा

बाघमारेमा काँग्रेसको चुनावी सभा

- Advertisement -spot_img

तुलसीपुर, ३० कार्तिक ।
मंसिर १४ गतेको उपनिर्वाचन नजिकिदै गर्दा नेपाली काँग्रेसले आफ्नो प्रचार प्रसारलाई तिव्र पार्दै लगेको छ । आउँदो उपनिर्वाचनमा दाङ क्षेत्र नं. ३ ‘ख’ प्रदेश सभा सदस्यका उम्मेदवार केशवराज आचार्यलाई बिजयी बनाउनका लागि काँग्रेसले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गर्दै आएको छ ।
जसअन्र्तगत नेपाली काँग्रेस दाङले शुक्रबार बाघमारेका विभिन्न स्थानमा चुनावी सभा सम्पन्न गरेको छ । मंसिर १४ मा हुन गैरहेको आम निर्वाचनको नतिजालाई आफ्नो पक्षमा पार्नका लागि काँग्रेसले बाघमारेका विभिन्न स्थानमा चुनावी सभा गरेको हो । उक्त अवसरमा बोल्दै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूले पश्चिमी दाङको समग्र विकासका लागि काँग्रेसलाई जिताउनु पर्नेमा जोड दिएका छन् ।
यसैगरी कार्यक्रममा नेकपाबाट नेपाली काँग्रेसमा प्रवेश गरेकी पूर्व जनमुक्ति सेना जयकुमारी विकले कम्युनिष्टहरूले जनतालाई झुठ्ठा आश्वासन दिएर भ्रममा पार्ने गरेको बताइन् । उनले आफूलाई समेत झुठ्ठा आश्वासन दिएर जनयुद्धमा लगाएको भन्दै गणतन्त्र कम्युनिष्टका नेताहरूका लागि मात्र आएको दाबी गरिन् । उनले आफू कम्युनिष्टहरूको भ्रममा परेर गल्ती गरेको भन्दै आम जनतालाई भ्रममा नपर्न आग्रहसमेत गरिन् । नेपालमा विकासप्रेमी र सच्चा लोकतान्त्रिक पार्टी काँग्रेस मात्र भएको भन्दै सबै मिलेर काँग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिइन् ।
यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताहरूले पश्चिम दाङको राजनीतिमा केशव आचार्यलाई अन्य उम्मेदवारहरूसँग कसैले पनि मूल्याङ्कन गर्न नहुने बताएका छन् । उनीहरूले वर्तमान सरकार सबै क्षेत्रबाट पतन भैसकेको भन्दै भ्रष्टाचारमा डुबेको सरकारबाट जनताको कुनै खालको अपेक्षा नरहेको दाबी गरे । वर्तमान कम्युनिष्ट सरकार मुलुकमा भ्रष्टाचार, लुटतन्त्र र सत्ताको दुरूपयोग गर्न लागिपरेको भन्दै विकासका नाममा नदीनालाको दोहन गरिरहेको भन्दै नैतिक रूपमा समेत पतन भैसकेको बताए । अहिलेको विषम परिस्थितिमा कम्युनिष्टहरूको अन्याय, अत्याचार, बलात्कारलाई निर्मूल पार्न काँग्रेस एक ढिक्का भएर अगाडि बढेको बताए ।
कार्यक्रमा प्रदेश सभा सदस्यका उम्मेदवार केशव आचार्यले आफू तीन दशकदेखि जनताकै माझमा रहेर काम गरिराखेको भन्दै सबैलाई सहयोग गर्न अपिल गरेका छन् । उनले पश्चिम दाङबाट काँग्रेसको पक्षमा जनलहर ल्याएर देशब्यापी सन्देश दिन आतुर रहेको बताए । आफूलाई बिजयी बनाउन वर्तमान सन्दर्भमा दाङ काँग्रेस लागिपरेको भन्दै आफ्नो विजयको सुनिश्चित भैसकेको समेत दाबी गरे ।
कार्यक्रममा पूर्व सांसद गेहेन्द्र गिरी, बुद्धिराम भण्डारी, निवर्तमान सभापति घनश्याम रेग्मी, जिल्ला सचिव शंकर डाँगी काँग्रेस नेताहरू महादेव शाह, जगत बहादुर खड्कालगायतले नेपाली काँग्रेसलाई जिताउन आग्रह गरेका छन् । पूर्व बाघमारे इकाई सभापति देविराज रिजालको अध्यक्षतामा भएको कार्यकमको सहजीकरण क्षेत्रीय सचिव चूडामणि ढकालले गरेका थिए ।

वडाबासीका समस्या सुन्दै डिसी

घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदका उम्मेदवार ताराबहादुर डिसीले घरदैलो पुगेर मतदाताहरूसँगको भेटघाटलाई तिव्र पारेका छन् । आगामी उपनिर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका डिसीले मतदाताहरूसँग घर–घरमै पुगेर उनीहरूको समस्याहरू सुन्दै र बुझ्दै आएका छन् ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेसबाट उम्मेदवार बनेका डिसीले शुक्रवार रावतगाउँ, पर्सा, सानी अम्बापुरका मतदाताहरूको घरमै पुगेर समस्या सुन्दै आएका छन् भने आफूलाई मत दिनका लागि मतदाताहरूसँग अनुरोधसमेत गर्दै आएका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार डिसीसँगको भेटघाटमा बोल्दै स्थानीय मतदाताहरूले वर्तमान नेकपाको सरकारले आफूहरूको समस्या समाधान गर्न नसकेको भन्दै अबको उपनिर्वाचनमा नेपाली काँग्रेसलाई मत दिने बताए ।
उनीहरूले अघिल्लो निर्वाचनमा आफूहरूको अन्य दललाई मत दिदा कर, भ्रष्टाचारलगायतका विविध कारणले आफूहरुलाई अप्ठेरोमा पारिरहेको बताए । यसर्थ उनीहरूले डिसी समक्ष यसपटक नेपाली काँग्रेसलाई विजयी बनाउने प्रतिवद्धता व्यक्तसमेत व्यक्त गरेको प्रचार संयोजक खत्रीले जानकारी दिए । डिसीले वडाबासीका समस्याहरू आफ्नो समस्या भएको भन्दै गम्भीर भएर समाधानमा लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here