- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरशरीरमा छर्रा बोकेर मत माग्दै घरदैलोमा

शरीरमा छर्रा बोकेर मत माग्दै घरदैलोमा

- Advertisement -spot_img

घोराही, ३० कार्तिक ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार सुरेशबहादुर केसी (प्रताप) ले जनयुद्धका गोलीका छर्रा बोकेर मतदाताको घरदैलो पुगेका छन् । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा घोराही–१६ को वडा अध्यक्ष पदका उम्मेदवार केसीले छर्रा बोकेर मतदाताको घरमा घरदैलो गरिरहेका छन् ।
नेकपाको तर्फबाट उम्मेदवार बनेका प्रतापले आफ्नो पक्षमा मत पार्नका लागि चुनावी प्रचार प्रसार गरिरहेका छन् । नेकपाका नेताहरूको सहभागितामा प्रतापले निर्वाचनलाई बस्ती–बस्तीमा पु¥याएका छन् । निर्वाचन परिचालन कमिटीको बैठकमार्फत् विभिन्न टोलस्तरका प्रचार समिति गठनसमेत भएको अवस्थामा उम्मेदवारसहितको टोली पनि टोल–टोलमा पुग्न सुरू गरेको छ ।
नेकपाका वडा अध्यक्ष गजेन्द्रसिंह खड्का, सचिव दउमन दमाईसहित स्थानीय कार्यकर्ताहरूले उम्मेदवार प्रतापलाई जिल्ला, प्रदेश र केन्द्रीय सदस्यहरूले प्रचारमा साथ रहेको छ । उम्मेदवार केसीले आफू पार्टीको सिपाही भएको प्रतिक्रिया दिदै निर्वाचनमा आफूलाई जनताले साथ दिने बताए । घोराही–१६ मा रहेका विभिन्न ३७ टोलहरूमा सम्पर्क कार्यालय स्थापना गरेर उम्मेदवार प्रतापले घरदैलो, भेटघाट, सभाजस्ता कार्यलाई दैनिक तीब्र बताएका छन् । गएको कार्तिक २७ गते पार्टीका तर्फबाट आधिकारिक रूपमा उम्मेदवारी दर्ता गरेपछि यस्ता कार्यलाई जारी राखेका छन् ।
साविकको मानपुर गाविसको बनकट्टीमा २०३९ साल मंसिर २० गते दामोदर केसी र मिना केसीको कोखबाट दोस्रो सन्तानका रूपमा जन्मेका केसी २०५४ सालमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला सदस्य बनेका थिए । मानपुरमा रहेको दिपेन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्दैगर्दा जिल्ला सदस्य बनेका प्रतापले २०५७ सालदेखि जनयुद्धमा सामेल बनेका हुन् । जनयुद्धमा जनमिलिसियाबाट यात्रा गरेका प्रतापले चार बर्ष हिरासत र कारागारको जीवन बिताएका छन् ।
आठ महिना नेपाली सेनाको हिरासतमा बसेका प्रतापले त्यसबाहेक तुलसीपुर घोराहीमा रहेका कारागारमा जीवन बिताए । घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसबाट आइएसम्मको अध्ययन पूरा गरेका प्रतापले बाँकी अध्ययनलाई अगाडि बढाउन सकेनन् । जनआन्दोलन २०६२÷०६३ पश्चात रिहा भएका प्रतापले शान्तिकालमा जनमुक्ति सेनामा रहेर काम गरेका थिए । माओवादीअन्तर्गत रहेको जनमुक्ति सेनाको कम्पनी कमाण्डर समेत रहेका प्रतापले २०६८ सालदेखि जनमुक्ति सेनाको यात्रा छोडेका हुन् ।
यसैबीच उम्मेदवार प्रतापले शुक्रबार मात्रै वडाका विभिन्न बस्तीमा पुगेका छन् । प्रचारलाई निकै मसिनो गरी प्रचार गरिरहेको बताउने प्रतापले शुक्रबार मात्रै रातामाटा, तेरौटे, ठोकरैया, घमीडाँडामा प्रचार टोली लिएर स्थानीय मतदातासँग मत मागेका हुन् ।
स्थानीय मतदातासँग प्रतापले सडक, कल्भर्ट, खानेपानी, स्वास्थ्य, सञ्चारसँगै समग्र वडाको आवश्यकता अनुसार काम गर्ने प्रतिवद्धतासमेत ब्यक्त गर्दै आएका छन् । यसका लागि मतदातालाई आफूलाई जिताउन आग्रह गरेका छन् । पार्टीले आफूलाई विश्वास गरेको भन्दै जनताले पनि विश्वास गरेर मत दिनेमा आफू ढुक्क रहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here