- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरस्वास्थ्य केन्द्रमा छैनन् चिकित्सक

स्वास्थ्य केन्द्रमा छैनन् चिकित्सक

- Advertisement -spot_img

रोल्पा, २९ कार्तिक । रोल्पाको रून्टिगढी गाउँपालिकाको होलेरी बजारमा रहेको हालको रोल्पा प्रदेश नं. २ को एकमात्र तीन शैयाको होलेरी प्राथमिक स्वास्थ्य केन्द्र बिगत एक महिनादेखि डाक्टरबिहीन हुँदा एक्सरे तथा भिडियो एक्सरे सेवालगायत आवश्यक डाक्टरी सेवा बन्द हँुदा बिरामीहरू मर्कामा परेका छन् ।
चार घण्टाको पैदल हिडेर प्राथमिक स्वास्थ्य केन्दूमा डाक्टरलाई आफ्नो गर्भावस्था चेक गराउन आएकी संगीता परियारले स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा आफ्नो गर्भावस्था चेक गराउन भिडियो एक्सरे गर्नुपर्ने भएकोले बाहिरी जिल्लामा जानूुर्ने भएकोले महँगो र खर्चिलो स्वास्थ्य सेवा लिन बाध्य भएको बताइन् । अर्का बिरामी प्रेम सुनारले पनि स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा स्वास्थ्य उपचारका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्य भएको बताए ।
बिरामीहरूका अनुसार स्वास्थ्य केन्द्रमा औषधिहरूको समेत अभाव रहेको हुँदा धेरैजसो औषधि निजी क्लिनिकमा किन्नु जानुपरेको बताएका छन् । स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा विभिन्न कारणबाट मृत्यु भएका मृत शवहरूको पोस्टमार्टम गर्न छिमेकी जिल्ला दाङ जानुपर्ने हुँदा महँगो र खर्चिलो हुने हुँदा रोल्पाली जनतालाई थप आर्थिक भार पर्ने गरेको गुनासो स्थानीय समाजसेवी देवेन्द्र बहादुर बोहराले बताए ।
स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर कर्मचारी समायोजनका कारण सरूवा भएर बाहिरी जिल्ला गएको र आउनुपर्ने डाक्टर समयमा नआउँदा समस्या भएको र केही औषधीहरूको अभाव भएकोले बिरामीहरूलाई उचित स्वास्थ्य सेवा र सबै औषधि दिन नसकेको स्वास्थ्य केन्द्रका निमित्त प्रमुख बुद्धिजीवि सिजवालले बताए ।
गाउँपालिकामा चालु आर्थिक बर्षको बजेट निकासीमा ढिलाइ भएकोले समयमा औषधि खरिद गर्न नसकिएको बताउँदै डाक्टरका बारेमा माथिल्लो निकायसँग पहल भैरहेको गाउँपालिकास्थित स्वास्थ्य संयोजक गणेश बहादुर बुढाले बताए ।
स्थानीयबासीले भने गाउँमा रहेको स्थानीय सरकारले स्वास्थ्य समस्याजस्तो संवेदनशील विषयमा समयमै चासो नदिदा हजारौं नागरिकहरू उचित स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुनुमा स्थानीय सरकारको कमजोरी रहेको बताएका छन ।
तीन शैया रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना एमबिबिएस डाक्टर, एकजना एचए, एकजना स्टाफ नर्स, तीनजना अहेव, तीनजना अनमी, एकजना ल्याब असिस्टेन्ट र दुईजना कार्यालय सहयोगीको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रले बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here