Friday, March 29, 2024
Homeफिचरम्याद तामेलीसम्बन्धी तालिम

म्याद तामेलीसम्बन्धी तालिम

- Advertisement -spot_img

तुलसीपुर, २९ कार्तिक । तुलसीपुर उपमहानगरपालिकामा म्याद तामेलदारहरूलाई म्याद तामेलीको बारेमा प्रशिक्षण दिइएको छ । उपमहानगरपालिकाले सूचिकृत गरेका तामेलदारहरूलाई उक्त तालिम दिइएको हो । न्यायीक समितिमा मुद्दा परेपछि त्यसको म्याद तामेली कसरी गर्ने ? भन्ने बारेमा प्रशिक्षण दिइएको थियो ।
कानुनी मामिला तथा न्यायीक समितिको आयोजनामा भएको कार्यक्रममा उपमहानगरपालिकाका १९ वटै वडाका म्याद तामेलदारहरूको सहभागिता रहेको थियो ।
तालिमको उद्घाटन गर्दै उपप्रमुख माया शर्माले जनतालाई सहज ढंगले न्याय सम्पादन गर्नमा सबैले ध्यान दिनुपर्ने कुरामा जोड दिइन् । न्यायीक समितिमा परेका मुद्दाहरू पहिलेको तुलनामा छिट्टै किनारा लाग्दै गएको बताउँदै जनशक्ति र साधन स्रोतका हिसाबले व्यवस्थित बनाउँदै लगेको कुरा बताइन् ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत आनन्द सारूले न्याय सम्पादनका लागि तामेलदारको भूमिका अहम् हुने कुरामा जोड दिए । उनले न्यायपालिकाको काम सहज ढंगले सम्पन्न गर्नका लागि सर्वसाधारणको भूमिका अहम् हुने कुरामा जोड दिए ।
कार्यक्रममा शाखा अधिकृत भिमबहादुर खत्रीले म्याद तामेलीका बारेमा जानकारी गराएका थिए । न्यायीक तथा कानुनी मामिला शाखा अधिकृत रामकुमारी मरासिनीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा शाखा अधिकृत टोपबहादुर डाँगी, उपप्रमुखको स्वकीय सचिव सुशीला शाहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here