- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरबिबिएसमा ज्ञानदिप उत्कृष्ट

बिबिएसमा ज्ञानदिप उत्कृष्ट

- Advertisement -spot_img

तुलसीपुर, २९ कार्तिक । त्रिभुवन विश्वविद्यालयले भर्खरै सार्वजनिक गरेको बिबिएस चौथो वर्षको परीक्षाको नतिजामा ज्ञानदीप कलेज तुलसीपुरले प्रदेश नम्वर ५ मै उत्कृष्ट नतिजा ल्याएको दाबी गरेको छ । कलेज प्रमुख सुरेन्द्र जिसीका अनुसार कलेजकी छात्रा दुर्गा शर्माले ७९ प्रतिशत अंक ल्याएर उत्कृष्ट भएकी हुन् ।
विगतदेखि नै शर्माले प्रदेशमै उत्कृष्ट अंक ल्याउँदै आएकी छन् । पढाइमा अब्बल शर्माले उत्कृष्ट अंक ल्याउन सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएकी छन् । त्यस्तैगरी कलेजका छात्र सुशील डाँगीले ७८.६ प्रतिशत अंकका साथमा दोस्रो भएको पनि कलेजका सहप्राचार्य मनोज कुमार केसीले जानकारी दिए ।
केसीका अनुसार प्रदेशमै सो अनुसार कसैले पनि अंक ल्याउन नसकेको कारण कलेजले उत्कृष्ट अंक ल्याएको हो । २०७० सालमा स्थापना भएको कलेजले स्थापना कालदेखि नै उत्कृष्ट अंक ल्याउँदै आएको छ । शिक्षा क्षेत्रमा उत्कृष्ट कार्यसमेत गर्दै आएको कलेजले विभिन्न राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेको छ । कलेजले उत्कृष्ट अंक ल्याउन सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here