Saturday, April 13, 2024
Homeफिचरसल्यानमा जीप दुर्घटना हुँदा २ को मृत्यु

सल्यानमा जीप दुर्घटना हुँदा २ को मृत्यु

- Advertisement -spot_img

सल्यान, कार्तिक २८ ।
बिहीबार बिहान सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मुत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ फलावाङमा साँढे १० बजेतिर जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो भने सातजना घाइते भएका छन् । त्रिवेणी गाउँपालिकाको फलावाङबाट दाङ तुलसीपुरतर्फ जादैँ गरेको रा १ झ ४३२ नम्वरको जीप बडाखोलामा दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका–४ फलावाङ निवासी ६० बर्षिया कृष्णदेवी परियार र सोही ठाउँ निबासी ५९ बर्षिया यज्ञी थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनीहरुको उपचारको क्रममा १२ः३० बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।

घाइते हुनेहरुमा जीप चालक फलावाङ निवासी २८ वर्षिय सन्दिप परियार, ८ वर्षिया ज्योती रावत, २३ वर्षिया मोती रावत, ५५ वर्षिया सावित्रा खत्री, २२ वर्षिया तारा थापा,२३ वर्षिया रीता रावत, र दाङ तुलसीपुर उपपमहानगरपालिका निवासी २८ वर्षिया दिला बुढा रहेका छन् । घाईतेहरुको दाङ तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here