- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरघोराही १६ को उम्मेदवारी दर्ता

घोराही १६ को उम्मेदवारी दर्ता

- Advertisement -spot_img

घोराही, २८ कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा अध्यक्ष पदका सातजनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म स्थानीय तहको उम्मेदवारी मनोनयन दर्ताको समय रहेकोमा पाँच राजनीतिक दलका ५ र २ स्वतन्त्र गरी सातजनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपाली काँगे्रसका तर्फबाट ताराबहादुर डाँगीले शुरूमा उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगको कार्यतालिका अनुसार डाँगीले बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेवादारी दर्ता गराएका हुन् ।
उनले वडाको विकासको लागि प्राथमिकतामा रहेर काम गर्ने बताएका छन् । ‘म यही वडामा जन्मिए, हुर्किए, मलाई यहाँको समस्याको बारेमा आफै भोग्दै आएको छु’ उम्मेदवार दर्ता गराइसकेपछि डाँगीले पत्रकारसँग भने ‘अब ती समस्याको समाधान गर्नको लागि जिम्मेवारी आएको छ ।’ उनले मतदाताहरूलाई सम्झदै भने ‘मलाई विश्वास छ मतदाताहरूले मत दिएर विजय बनाउनुहुनेछ ।’
डाँगीको उम्मेदवारी दर्ता गराउनको लागि नेपाली काँग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्का, राष्ट्रियसभा सदस्य अनिता देवकोटा, पूर्वसांसद राजु खनाललगायतका नेताहरू निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
स्वतन्त्रका तर्फबाट जगलाल चौधरीले वडा अध्यक्षको लागि उम्मेदवार दिएका छन् । उनी नेकपाका कार्यकर्तासमेत हुन् । घोराही उपमहानगरपालिका १६ का निर्वाचित स्वर्गीय वडा अध्यक्ष लक्षिण वुढा मगरको निकट उनलाई पार्टीले वडा अध्यक्षको उम्मेदवारमा नाम सिफारिस नगरेपछि वडा अध्यक्षको लागि उम्मेदवार दिएको बताए ।
उनले कुनै पनि हालतमा उम्मेदवार फिर्ता नलिने अडानमा रहेको बताएका छन् । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुरेशबहादुर केसीले उम्मेदवारी दिएका छन् । उनले विकास र समृद्धिको लागि आफ्नो उम्मेदवारी दिएका बताए ।
सामाजवादी पार्टीका विमला पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश केसी र मंगोल नेसनलका तर्फबाट पहलमान आले मगरले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी स्वतन्त्र तर्फबाट समिर वलीले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत प्रेम खड्काले जानकारी दिए । उम्मेदवारहरू बाजागाजासहित उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here