- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचर‘जनताले काँग्रेस खोजेका छन्’

‘जनताले काँग्रेस खोजेका छन्’

- Advertisement -spot_img

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको सरगर्मी बढेको छ । दाङसहित देशका ३७ जिल्लामा प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तह गरेर ५२ रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । प्रतिनिधि र प्रदेशसभाको गरी ४ रिक्त स्थानमा ६४ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर ३ को २ मा पनि १२ राजनैनिक दल र २ स्वतन्त्र गरी १४ जना उम्मेदवारी प्रतिस्पर्धामा रहेका छन् । चुनावको मिति नजिकिदै जाँदा उम्मेदवारहरू घरदैलो अभियानमा मत माग्न हिडेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि आफ्नो चुनावी गतिविधिलाई सक्रिय बनाएको छ । काँग्रेसका नेता कार्यकर्तासहितको टोली निर्वाचन हुने क्षेत्रमा भेटघाटमा व्यस्त रहेको छ । चुनावको तयारी, जनतामाझ नेपाली काँग्रेसले लैजाने एजेण्डा, मतदाताले नेपाली काँग्रेससँग के अपेक्षा राखेका छन् लगायतका विषयमा नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्कासँग गरिएको कुराकानी सारसंक्षेपमा । 


उपनिर्वाचनको तयारी के भईरहेको छ ?

तयारी ठिकै छ, पार्टीका सबै नेता तथा कार्यकर्ताहरू खट्नुभएको छ । निर्वाचन क्षेत्र नं. ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार केशवकुमार आचार्यसहित पार्टीका नेता तथा कार्यकर्ताहरू चुनावी प्रचारप्रसारमा लागि रहनुभएको छ । मतदाताहरूलाई नेपाली काँग्रेसले भए गरेका कामहरूको बारेमा जानकारी दिने,
नेपाली काँग्रेसको सिद्धान्तको बारेमा जानकारी गराउने र सरकारको नकारात्मक कामका बारेमा सुसूचित बनाउने काम भईरहेको छ । यस पटकको निर्वाचनमा काँग्र्रेसको जित सुनिश्चित छ । हामीले सबै तह र तप्कालाई परिचालन गरेका छौँ ।
नेपाली काँग्रेसका प्रतिनिधिहरू, जिल्ला कमिटी, क्षेत्रीय कमिटी, दिदीबहिनी, दाजुभाइहरू खट्नुभएको छ । मंसिर १४ गते हुने उपनिर्वाचनमा काँग्रेसलाई जिताउ अभियान चलिरहेको छ । प्रदेशसभा र स्थानीयतह गरी अहिले दुईवटै उपनिर्वाचन क्षेत्रमा मत परिणाम काँग्रेसको पक्षमा पार्न तयारी भइरहेको छ ।

काँग्रेसले जित्ने आधारहरू के–के छन् ?

काँग्रेसले जित्ने आधारहरू धेरै छैन् । अहिलेको जनताको आशा भनेको नेपाली काँग्रेस नै हो । गत निर्वाचनमा कम्युनिष्ट पार्टी तथा दुई सरकारको काम कारवाही देखिसकेका छन् । हामीले भन्नु पर्दैन्, काँग्रेसले जित्ने भनेको मुख्य आधार नै यही हो ।
राष्ट्रवादी भनेर जनतालाई भ्रममा पारेको उदाहरण पनि लिपुलेक, लिम्पीया धुरा र कालापानीको सीमा मिचेको देखियो । यही हो राष्ट्रवाद ? दुई तिहाई सरकार आईसकेपछि पनि बलात्कार, हत्या, हिंसा, असुरक्षा र विभिन्न अपराधिक गतिविधिहरू कम हुन सकेनन् ।
जनताको सरकार भन्नेले जनताको ढाड सेकिने गरी कर बढायो । महंगी त्यस्तै छ । संस्थागत रूपमा भ्रष्टाचार भईरहेको छ । त्यसको मारमा नेपाली जनताहरू परिरहेका छन् । जनताहरू आजित भईसकेका छन् । यति भएपछि नेपाली काँग्रेसले सरकारका विरूद्धमा केही भन्नै पर्दैन् ।
चुनावी एजेण्डा के–के छन् ?
काँग्रेसको पर्यावाची भनेकै विकास हो । हामीले निर्वाचनकै लागि भनेर जनतालाई भ्रममा पार्दैनौँ । नेपाली काँग्रेस सत्यतथ्यमा चल्ने पार्टी हो भनेर जनताले बुझिसकेका छन् । जति पनि विकासहरू छन् जनताले अनुभूति गर्ने गरी विकास भईरहेका छन् ।
सबैले देखेकै कुरा हो । यहाँको पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, रोजगारी, शान्ति सुरक्षालगायतका विषयमा काम गर्ने काँग्रेसको एजेण्डा हुन् । त्यसैगरी दाङलाई प्रादेशिक राजधानी बनाउनको लागि पनि पहल गर्ने । एयरपोर्टलाई व्यवस्थित गराउनेलगायतका एजेण्डा छन् ।

काँग्रेसले जित्छ छ त ?

किन न जित्नु । यो त काँग्रेसकै वर्चस्व भएको निर्वाचन क्षेत्र हो । गत निर्वाचनमा त हाम्रै काँग्रेसी साथीहरूको केही असन्तुष्टीका कारण पराजय भोग्नुपरेको हो । त्यो अहिले सबैले भोगीसकेका छाँै । सबैलाई महसुस भएको छ । यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा नेपाली काँगे्रसले नै जित्नुपर्छ र जित्छ भन्नेमा हामी विश्वस्त छौँ ।
गत निर्वाचनको क्रममा छोटो समय भएका कारण असन्तुष्टहरूलाई सम्झाउने समय भएन् । त्यो समयमा कार्यकर्ता व्यवस्थापन गर्न नसक्नु नै ठूलो कमजोरी भएको हो । त्यो हामी सबैले मनन् र महसुस गरेका छाँै । त्यसकारण पनि काँग्रेसको भोट काटिएको हो । त्यसको परिणाम नेपाली काँग्रेस मात्रै होइन् जनताले पनि भोगिरहेका छन् । यो पटकको उपनिर्वाचनमा सबैको मत काँग्रेसमै अथवा रूखमा नै आउँछ भन्नेमा ढुक्क छाँै

अहिले पनि त १२ जनाको नाम सिफारिस गर्नुभएछ नि ?

हो, आकांक्षी उम्मेदवारहरू सबै नाम हामीले सिफारिस गरेका हौँ । टिकट पाउनको लागि जति दौडधुप, प्रतिस्पर्धा भयो, त्यही काठमाडौँमा मात्र भयो । केन्द्रीय समितिले अन्तिम उम्मेदवारको नाम टुंगो लगाईसकेपछि बाँकी उम्मेदवारहरूले पनि सहमति जनाईसक्नुभएको छ । उहाँहरू सबै उम्मेदवार केशव आचार्यको प्रचार प्रसारमा अहोरात्र खटिरहनुभएको छ ।
सबैजना काँग्रेसका उम्मेदवार आचार्यलाई जिताउ अभियानमा लाग्नुभएको छ । यो एकदम खुशीको कुरा हो । सुखद् पक्ष हो । पार्टीले पश्चिम क्षेत्रका मतदाताहरूलाई योग्य उम्मेदवार दिएर न्याय गरेको छ । अब न्याय दिने जिम्मा तपाई जनता तथा मतदाताको हो ।
पश्चिम दाङको उपनिर्वाचनमा नेपाली काँग्रेसले पुराना, त्यागी र जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका नेता केशवराज आचार्यलाई उम्मेदवार बनाएको छ । सबै सहमत हुनुहुन्छ । पार्टीमा मात्र होइन् । मतदाताहरू पनि खुशी व्यक्त गर्नुभएको छ ।

बाँकी आकांक्षी उम्मेदवार सन्तुष्ट हुनुहुन्छ त ?

पक्कै पनि । उम्मेदवार छनौट गर्ने क्रममा धेरैजनाको महत्वकांक्षी हुनु, ईच्छा राख्नु त राम्रो कुरा हो नि । हामी प्रजातान्त्रिक विचारमा हिड्ने भएकाले सबैलाई समेट्छौँ । उम्मेदवारको लागि सबै महोत्वकांक्षीहरू सक्षम हुनुहुन्छ । एकजनाले मात्रै टिकट पाउने भएकाले बाँकी उम्मेदवारहरूको सल्लाह र सहमतिबाट नै एकजना उम्मेदवार छनौट भएको हो । यदि बाँकी आकांक्षी उम्मेदवारहरू असन्तुष्ट हुनुहुन्थ्यो भने त उम्मेदवार आचार्यसँग फिल्डमै हामिनु हुने थिएन होला नि त ?

मतदाताहरू के भन्छन् त ?

मतदाताहरू खुशी हुनुहुन्छ । नेपाली काँग्रेसलाई नै मत दिएर जिताउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ । गत निर्वाचनमा नेकपालाई मत दिएर जिताए पनि जनताको ईच्छा आकांक्षानुसार काम गर्न नसकेको गुनासोहरू गर्नुहुन्छ ।
अब उपनिर्वाचनमा मत दिएर जिताउने र नेकपाले जस्तो नगर्न खबरदार पनि गर्नुहुन्छ । अबको उपनिर्वाचनमा काँग्रेसले जिते हुन्थ्यो भन्ने पक्षमा हुनुहुन्छ । हामी पनि आफ्नो पक्षमा मत तान्नको लागि मतदाताहरूसँग भेटघाट गर्ने, राय, सल्लाहहरू लिने काम भइरहेको छ ।
उहाँहरूको विचार, अपेक्षाहरू बुझ्ने कोसिस गरेका छौँ । हामीलाई विश्वास छ मत दिएर जिताउनु हुनेछ भन्नेमा हामीलाई । उम्मेदवार गाउँ–गाउँमा पसेसँगै जितको पनि आ–आफ्नै दाबी गरिरहेका छन् । यस पटकको निर्वाचनमा काँग्रेसको जित सुनिश्चित छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

मंसिर १४ गतेको मिति नजिकिदै छ । त्यसको तयारीमा खटिनको लागि नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूलाई अनुरोध गर्न चाहन्छु । जनताहरू नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरू आईदिए हुन्थ्यो, हाम्रो समस्याहरू सुनिदिए हुन्थ्यो जस्ता भावनाहरू मैले बुझेको छु ।
त्यसकारण पनि नेपाली काँग्रेसका साथीहरू सबै मतदाताहरूसँग भेटन् र उहाँहरूको गुनासो तथा समस्याहरूलाई सम्बोधन गर्नको लागि नेता तथा कार्यकर्ताहरू तयार हुनुपर्छ ।
गत निर्वाचनमा काँग्रेसले हार व्यहोर्दा र हराउँदाको परिणाम मतदाता र कार्यकर्ताहरूले भोगिसकेका छन् । फेरी पनि अर्को अवसर आएको छ । यसलाई सदुपयोग गरौँ, नेपाली काँग्रेसको चुनाव चिन्ह रूखमा मत दिएर उम्मेदवार केशवराज आचार्यलाई विजयी बनाआँै । पार्टीले पश्चिम क्षेत्रका मतदाताहरूलाई योग्य उमेदवार दिएर न्याय गरेको छ । अब न्याय दिने जिम्मा तपाई जनता तथा मतदाताको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here