- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeविचारभाइ मार्नु र गाई मार्नु एउटै कुरा हो

भाइ मार्नु र गाई मार्नु एउटै कुरा हो

- Advertisement -spot_img

हाम्रो छिमेकी राष्ट्र भारत हाम्रो अग्रज हो । हाम्रो छिमेकी राष्ट्र भारत दिग्गज हो । हाम्रो छिमेकी राष्ट्र भार शक्ति सम्पन्न हो । हाम्रो छिमेकी राष्ट्र भारत विकसित र सु–सस्कृत हो । हाम्रो छिमेकी राष्ट्र भारत हाम्रो जेठो दाजु हो । हामीले जहिले पनि छिमेकीका नाताले होस् वा नेपालको भूमि भारतसँग जोडिएको पक्षमा होस् । जुनसुकै पक्षले पनि हामीले उच्च सम्मान दिनैपर्छ ।
हामी भारत र चीन दुबैका भाइ समानका मुलुक हौँ । देश होँ, राष्ट्र हो । हामीले हाम्रो कर्तव्य र न्याय कहिल्यौ भुल्नु हुँदैन । भारत जहिले पनि हाम्रो यात्रामा नजिक छ र जानकार छ । हाम्रो देशको आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक एवं राजनीतिक विषयमा अति निकटम भएर जानकार हासिल गरिरहेको मुलुक हो ।
जसरी एउटा भाइका बारेमा दाजुलाई जति कुरा थाहा हुन्छ त्यति कुरा अरू कोही कसैलाई पनि थाहा हुँदैन । सदियौँदेखिको नेपाल र भारतको सम्बन्ध एक अन्योन्याश्रीत सम्बन्ध छ । यस्तो अवस्थामा भारतले नेपाललाई के गर्छ र नेपाल भारतलाई के गर्छ ? भन्ने परीक्षा गर्नुभन्दा अत्यन्त सुमधुर र कुटनीतिक सम्बन्ध स्थापित गर्नु नेपालका लागि हितकर देखिन्छ ।
हामीले इतिहासमा लेखेको, देखेको र पढेको कुरा के हो ? भने यदि कोही कुनै राष्ट्र कुनै एक राष्ट्रपति अति खुसी, सन्तुष्टी र लाभदायी छ भने आफ्नो भूमिसमेत उपहारको रूपमा दिनसक्ने हैसियतका मुलुक भारत र चीन हुन् । यस्ता राष्ट्रले आफ्नो भूमि तत्कालका लागि दिन र गुण लगाउन नसके पनि वर्षौ–वर्षदेखिको नेपालको पोल्टा, खल्ती,
गोजी, नक्सा तथा भूगोलमा परेको सम्पत्ति खानु, हडप्नु, थिच्नु, मिच्नु, खोस्नु, कब्जा गर्नु र अधिकार हातमा लिनु दाइ राष्ट्रका लागि उचित हुँदैन । र यो भारतले कदापि गर्दैन । किनभने नेपाललाई भाइका रूपमा भारत यदि हेप्ने, शोषण गर्ने र दमन गर्ने नीति लियो भने त्यो अलि परका छिमेकीले समेत थाहा पाउँछन् र भन्न थाल्छन्– सोझो, लाटो, गरिब, निर्धो, कमजोर, विपन्न भाइलाई भारतले ठग्यो ।
त्यसैले यो कुरा भारतले राम्रोसँग बुझेको छ । भारतका वर्तमान शक्तिशाली प्रधानमन्त्री नरेन्द्र मोदी आफै पनि धार्मिक तथा लोकतान्त्रिक व्यक्ति हुन् । उनलाई सकैलाई निषेध गर्नु र कसैलाई बायस गर्नु कुनै जरूरी छैन । नेपालको भौगोलिक सीमानाका बारेमा पछिल्लो समयमा जसरी बहर र विवादको विषय बनाइएको छ, यो हतास मानसिकताको एक उपज मात्र हो ।
वर्तमान समस्या हल गर्नको लागि नेपाली आफ्नो धोती, टोपी फालेर उफ्रनु र जाग्नुको कुनै अर्थ छैन र कम्बल ओढेर सुत्नुको अर्थ पनि छैन । नेपालले अत्यन्त नम्र र सालिन भएर आफ्नो हक र अधिकार आफ्नो छिमेकी दाजुसँग माग्न सकछ र प्राप्त गर्न सक्छ ।
यसका लागि कुटनीतिक वातावरणको खाँचो नितान्त जरूरत हुन्छ । हामीलाई भारतसँग कुनै कुरा भन्न र माग्न लाज मान्नु पर्ने र डर मान्नु पर्ने कुरै छैन । आफ्नो हक, अधिकार दिलाउन भारतले कुनै आनाकानी गर्छ भने पनि नेपालले आफ्नो धैर्यता र संयमता गुमाउनु हुँदैन । निभने भाइ सधैं कमजोर हुन्छ भन्ने कसैको सराप पनि परेको छैन । भाइ सधै लाटो र सोझो हुन्छ भन्ने कसैको अपराध लागेको छैन ।
भाइ सधै शक्तिहीन, बलहीन र बुद्धिहीन हुन्छ भनेर कसैले जादु र टुनामुना पनि गरेको छैन । समयको खेल हो, जब भाइले पनि उन्नति, प्रगति गर्छ र दाइको समान हैसियत कायम गर्छ त्यतिबेला दाइले भाइमाथि गरेको अन्याय र अत्याचार विरूद्ध इतिहासको पानामा अंकित हुन्छ । त्यतिबेला भाइले दाइलाई सम्मान गरे मात्र पनि पुग्छ । किनभने भाइ मार्नु भनेको नै गाई मार्नु सरह हो ।
एउटा हिन्दू धर्मप्रति आस्था र विश्वास राख्नेका लागि गाई जति मातातुल्य, लक्ष्मीतुल्य र देवी देवता तुल्य छिन । त्यत्तिकै एउटा दाइका लागि अक्षम भाइको सेवा गर्नु र हक अधिकार स्थापित गर्नु गराउनु ठूलो धर्म हो । यो कुरा भारतको प्रधानमन्त्रीलाई सिकाइरहनु पर्दैन ।
उनी सर्वज्ञात छन् । नेपाललाई के गर्दा आफ्नो हित हुन्छ र नेपाललाई के नगर्दा आफ्नो अहित हुन्छ भन्ने कुरा नरेन्द्र मोदीलाई राम्रोसँग हेक्का छ । नेपालले जहिले पनि राजनीतिक सन्तुलनमा रहेर भारत र चीनलाई भाइचारको सम्बन्धमा प्रगाढ गर्न सक्यो भने त्यहीँ हो नेपालको कुटनीतिक क्षमता । आजसम्म नेपालले कुनै पनि कुरा भारतलाई लुकाएर र छिपाएर गर्न सकेको छैन भने किन नेपालले भारतसँग प्रतिकारको बाटो अंगाल्नु प¥यो ।

हरेक अवस्थामा नेपालले आफूले केही पाउन केही गुमाउनु पर्ने उसको बाध्यता होला । तर यसैलाई आधार मानेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य मान्यताको जग हल्लिने गरी भारत र चीनले नेपालप्रति त्यस्तो अप्रिय व्यवहार गर्ला भन्ने अनुमान नगरौं । हामी सम्पूर्ण देशभक्त नेपालीले सरकारलाई खबरदारी गर्न जरूरी छ । नेपाल सरकारले भारत सरकारसँग कुटनीतिक वार्ता, छलफल, बहस र विमर्शसहित एक सुमधुर सम्बन्ध स्थापित गर्न अपरिहार्य छ । नेपालको भौगोलिक अखण्डतामाथि कसैको अप्रिय बोली तथा व्यवहार भोलिका लागि निकै घातक र अभिशाप सिद्ध हुनेछ ।


हिजो १२ बुँदे सम्झौतादेखि लिएर हरेक राजनीतकि परिवर्तनमा भारतको हात साँचो, रिमोट, योजना, सल्लाह, सुझाव चल्दै आएको छ भने आज समस्या पर्दा भातले रमितेको भूमिका निर्वाह गर्ला त ? पक्कै पनि गर्ने छैन ।
चीनका राष्ट्रपति सीको भारत र नेपालको एक ऐतिहासिक भ्रमणको एक महिना नपुग्दै जसरी नेपाली भूमिका बारेमा चर्चा शुरू भएका छ । यो आफैमा शक्ति सम्पन्न राष्ट्रका लागि लज्जास्पदको विषय पनि बनेको छ ।
यदि नेपालले आफ्नो दक्षता, क्षमता, कार्यकुशलता र विज्ञता गुमाएर सीमानाका बारेमा र असमान सन्धी सम्झौताका बारेमा कुरा नउठाए पनि भारत र चीन त्यस विषयमा अनविज्ञ त छैनन नि ? कुनै कुरा त भारत र चीनको पहलमा नेपाललाई दिनुपर्ने हक र अधिकार दिन सकिन्छ नि ?
किनभने नेपाल, भारत र चीनका सामु पक्कै पनि भाइ राष्ट्र हो । एउटा दाइ राष्ट्रले भाइ राष्ट्रलाई गर्ने व्यवहार नै हेपाहा, थिहाहा, मिचाहा र जबरजस्तीमा आधारित भयो भने भोलि त्यो नजिर अरू राष्ट्रमा समेत बस्ला कि नबस्ला ? चीन र भारतका सबै राष्ट्र शुभचिन्तक हुन् र छन् भन्ने पनि ग्यारेन्टी छैन ? चीन र भारतका सबै राष्ट्रहरू अशुभ चिन्तक हुन् र छन् भन्ने पनि कुनै ग्यारेन्टी छैन ।
नेपालका लागि कोही पनि राष्ट्र र मुलुक बोल्दै बोल्दैनन् भन्ने कुनै ग्यारेन्टी पनि छैन । कमजोर व्यक्ति र राष्ट्रका समर्थक अदृश्य ईश्वरको शक्ति प्राप्त हुन्छ तर आफ्नो धर्म, कर्तव्य र चरित्र गुमाउनु हुँदैन ।
नेपालको यो सीमासम्बन्धी विवाद आजैको नयाँ ताजा र भर्खरै जन्मेको होइन । यो कैयौँ वर्षको लामो पुरानो र बूढो समस्या हो । यो लामो, पुरानो र बूढो समस्यालाई हटाई पुनः ताजा, नयाँ, युवा र जवान बनाउन नेपाल अति शिष्ट र भद्र तरिकाले अगाडि बढ्न निनान्त जरूरी छ ।
भारत र चीन सरकारसँग नेपालको वास्तविक आधिकारिक धारणा जान्न, बुझ्न, खोतल्न र थाहा पाउन यो चलाखीपूर्ण परीक्षा पनि हुनसक्छ । किनभने नेपाल कहिले उत्तरतिर लम्पसार हुन्छ भने कहिले दक्षिणतिर लम्पसार हुन्छ । यसको पछाडिको रहस्य के हो त ?
त्यो जान्ने इच्छा दुबै देशले गर्न पनि सक्छन् । तसर्थ यस्तो अवस्थामा नेपालले चाल्ने कदम भनेको सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने कुटनीतिक नीति नै हो । भारतका लागि नेपालको भूमि हडप्नु कुनै तुक र अर्थपूर्ण छैन । ऊ आफैमा शक्ति सम्पन्न र सामथ्र्यवान छ ।
यस्तो शक्तिशाली राष्ट्रले अर्काको भूमिमा नजर लगाउन किमार्थ सुहाउँदैन । यो जति पनि विवादका विषय छन् सबै नेपालको नैतिकतामा भरपर्ने कुरा हुन् । एउटा दूधे बालकले त आफू नरूदासम्म आफ्नै आमाको दूध चुस्न पाउन्न भने नेपालले आफ्नो भूमि र सन्धी साँधका बारेमा कुरालाई अति विचारपूर्वक राख्न र आफ्नो अधिकार फिर्ता गर्न खोजेन भने त्यो कसरी सम्भव होला ?
नेपाल यसप्रति अति बुद्धिमानी बन्ने पर्छ । भारतले पनि वर्षौ वर्ष अघिको आफ्नो सुरक्षामा रहेको भूमि भएपनि भाइ मार्नु हुन्न र यदि मारियो भने त्यसको अपराध गाई मारे सरह हुन्छ भनेर अति धार्मिक र मार्मिक बनेर यसलाई हल गर्नैपर्छ ।
नेपाल आफैमा सुन्दर, शान्त र विकाल मुलुक हुँदाहुँदै पनि भाइले कुनै प्रगति गर्न नसकेको कुरा दाइलाई थाहा भएकै कुरा हो । भाइको सोझोपन र निरिहपनलाई आफ्नो स्वार्थसँग जोडेर नेपालबाट केही लिन भारतले यदि खोज्यो भने त्यो पक्कै इतिहासमा नराम्रो नजीर बस्नेछ । अर्थात् विश्वमा ठूला राष्ट्रले साना राष्ट्रलाई हेप्ने संस्कार अझ बढेर जानेछ ।
त्यसैले पनि यस्तो नजीर विश्वभर नरहने गरी शक्ति सम्पन्न राष्ट्र र मुलुकले आफूभन्दा साना र कमजोर राष्ट्रलाई न्याय दिन र हक अधिकार फिर्ता दिन तयार हुनुपर्दछ ।
नेपालले आफ्नो भूमिको हक अधिकार माग्दा र नेपालको भूमि फिर्ता गराउन चालिने नम्रता र शिष्टताका कुरालाई कुनै पाताल भासिएको जस्तो अनुभव गर्न कुनै जरूरी छैन र भारतले पनि नेपालको भूमिलाई आफ्नो कब्जा र नियन्त्रणमा पार्न अनेकौं प्रमाण र सत्यतथ्य आधार खोजेर सगरमाथा चढेको आभाष गर्नुहुँदैन ।
शक्तिको आडमा जे पनि गरियो भने त्यो शक्ति भोलि सदाका लागि अमर हुन्छ भन्ने छैन । शक्तिवालाले कमजोरवालालाई हेरचाह र न्यायीक व्यवहार गर्नु धर्म हो । एउटा अबोध भाइले भोक र प्यासको छटपटीमा एक गाँस भात र एक घुट्को पानीमा समेत ठूलै सामानको धरौटी राख्न सक्छ र सन्धी सम्झौता गर्न सक्छ ।
तर एक गाँस भात र एक घुट्को पानीमा भाइको सर्वस्व जफत गर्ने कि नगर्ने ? त्यो दाइको धर्म, न्याय, आचरण, चरित्र, भावना, सोच, विचार, आचार र संस्कारमा भर पर्छ । त्यसैले हिजो भाइले के ग¥यो र के गरेन ?
त्यो पनि ठूलो मुद्दाको विषय नबनोस् । मानिस कमजोर भयो भने जे मा पनि सर्त र सम्झौता गर्न बाध्य हुन्छ । हरेक अवस्थामा नेपालले आफूले केही पाउन केही गुमाउनु पर्ने उसको बाध्यता होला । तर यसैलाई आधार मानेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य मान्यताको जग हल्लिने गरी भारत र चीनले नेपालप्रति त्यस्तो अप्रिय व्यवहार गर्ला भन्ने अनुमान नगरौं ।
हामी सम्पूर्ण देशभक्त नेपालीले सरकारलाई खबरदारी गर्न जरूरी छ । नेपाल सरकारले भारत सरकारसँग कुटनीतिक वार्ता, छलफल, बहस र विमर्शसहित एक सुमधुर सम्बन्ध स्थापित गर्न अपरिहार्य छ । नेपालको भौगोलिक अखण्डतामाथि कसैको अप्रिय बोली तथा व्यवहार भोलिका लागि निकै घातक र अभिशाप सिद्ध हुनेछ । चेतना भया ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here