- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरविभिन्न स्थानमा काँग्रेसको चुनावी सभा

विभिन्न स्थानमा काँग्रेसको चुनावी सभा

- Advertisement -spot_img

तुलसीपुर, २८ कार्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका आफूले चाहेको उम्मेदवारलाई मत दिन पाउँदा खुशी लागेको मतदाताहरूले बताएका छन् । देश र जनताको मर्म र भावना बुझ्न सक्ने सक्षम उम्मेदवार नेपाली काँग्रेसमा रहेको भन्दै स्थानीयहरूले अबको उपनिर्वाचनमा क्षेत्र नं ३ ‘ख’ का उम्मेदवार केशवराज आचार्यलाई मत दिन आतुर भएको बताएका छन् ।
आसन्न उपनिर्वाचनको तयारीका लागि नेपाली काँग्रेस दाङको आयोजनामा दंगीशरण गाउँपालिकाका विभिन्न स्थानमा भएको चुनावी प्रचारप्रसार एवं मतदाता भेटघाट कार्यक्रमका अवसरमा एकली र हापुुरेका स्थानीयहरूले यस्तो बताएका हुन् ।
दुई तिहाई बहुमतको सरकारले पछिल्लो समय देशमा विभिन्न गलत क्रियाकलाप गरिरहेको बताउँदै हेकुली, एकली र सलौराका स्थानीयहरूले नेकपाको सरकारलाई सचेत गराउनका लागि भएपनि अबको चुनावको नेपाली काँग्रेसलाई भोट दिने प्रतिवद्धता जनाएका छन् ।
यसैगरी प्रदेसभा सदस्यका उम्मेदवार केशवराज आचार्यले कुराभन्दा काम गरेर जनतालाई देखाउन आतुर भएको बताएका छन् । नेकपाको सरकारले उत्तरकुमार ओलीका सपनाहरू पूरा गर्ने आश्वासन दिँदै आएको भएपनि सपना के–के हुन् ? भन्ने कुरामा नेकपा आफै अन्यौल परिरहेको उनको भनाइ छ ।
विगतका दिनहरूमा देश विकासका लागि नेपाली काँग्रेसले गरेका योगदानहरू नेकपाको सरकारले ओझेलमा पारेको बताउँदै उनले आफू निर्वाचित भएलगत्तै हरेक पक्षमा सकारात्मक सुधार गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।
यस्तै चुनावी भेटघाटका अवसरमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरी, पार्टीका जिल्ला सभापति कीर्तिबहादुर खड्का, पूर्वसांसद गेहेन्द्र गिरी, निवर्तमान जिल्ला सभापति घनश्याम रेग्मी,
महासमिति सदस्य खिमप्रसाद खराल, देविका नेपाली, क्षेत्रीय सभापतिी जगत बहादुर खड्का, पूर्व जिविस सभापति घनश्याम रेग्मी, क्षेत्रीय सदस्य कच्लु चौधरीलगायतले सिंचाई, बाटो, बत्ती, खानेपानी लगायतका पूर्वाधारको विकासका लागि नेपाली काँग्रेसलाई मत दिएर विजयी बनाउन अनुरोध गरेका छन् ।
नेपाली काँग्रेस दंगीशरण गाउँपालिका वडा नं. ५ का सभापति दामोदर आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रम नेपाली काँग्रेसका क्षेत्रीय सचिव चुडामणि ढकालले सहजीकरण गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here