- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeसम्पादकीयसूर्तिजन्य पदार्थमा चासो

सूर्तिजन्य पदार्थमा चासो

- Advertisement -spot_img

सूर्तिजन्य पदार्थको सेवनका कारण नेपालमा हरेक दिन सरदर ७४ जना मानिसले ज्यान गुमाउने गरेका छन् । तर यसको सेवन तथा बिक्री वितरणमा कमि आउन सकेको छैन् । नेपालको नयाँ कानुनमा सूर्तिजन्य पदार्थ सार्वजनिक स्थानमा सेवन तथा बिक्री वितरण गर्न नपाईने नियम भएपनि खुलेयाम सूर्तिजन्य पदार्थको बिक्री वितरण र सेवन हुने गरेको छ ।
यसरी सार्वजनिक स्थानमा जथाभावी रुपमा सूर्तिजन्य पदार्थको बिक्री वितरण र सेवन हुँदा खाने भन्दा नखाने मानिसहरु बढी प्रभावित हुने गरेका छन् । निश्चित स्थानमा निश्चित मापदण्डमा रहेर बिक्री वितरण र सेवन गर्दा विस्तारै यसको प्रयोगमा कमी ल्याउन सकिन्छ ।
खुल्लारुपमा बिक्री हुँदा राज्यलाई राजस्वमा पनि घाटा हुने गरेको छ भने सूर्तिजन्य पदार्थको खोल तथा टुक्राहरुले वातावरण प्रदूषण समेत हुन थालेको छ । सूर्तिजन्य पदार्थको खोल तथा टुक्राहरुले बजारको सुन्दरतामा ह्रास ल्याउने गरेको छ ।
जथाभावी रुपमा बिक्री वितरण तथा सेवन हुँदा वातावरणीय प्रभाव पर्न थालेपछि दाङको तुलसीपुर उपमहानगरले नियमन गर्न थालेको छ । उपमहानगरले अहिले शुरुमा जथाभावी रुपमा बिक्री वितरण हुने गरेको पाइएमा कानुनबमोजिम कारवाही र जरिवाना गर्ने भएको छ ।
मानवीय तथा वातावरणीय रुपमा गम्भीर असर पु¥याउने सूर्तिजन्य पदार्थको नियमनमा उपमहानगरपालिकाले देखाएको चासो सकारात्मक छ तर कार्यान्वयनमा चुनौती भने पक्कै छ । मानवीय सचेतना नबढाउँदासम्म यसको नियमन प्रभावकारी हुन सक्दैन् ।
सूर्तिजन्य पदार्थको जथाभावी हुने बिक्री वितरण र सेवन रोक्नका लागि आम नागरिकको सहयोग पनि आवश्यक छ । मानवीय सचेतना जबसम्म माथि उठ्दैन् तबसम्म यसको नियमनमा चुनौती नै देखिन्छ । सार्वजनिक स्थानमा जथाभावी बिक्री वितरण हुनेलाई रोक्न केही सजिलो देखिन्छ तर सेवन गर्नेको हकमा निकै कठिन देखिन्छ ।
हामीलाई असर गर्छ भन्ने जान्दा जान्दै पनि सेवन गर्ने मानिसको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । यस्तो अवस्थामा निश्चित स्थानमामात्र सेवन गराउने र सकेसम्म सेवन नै गर्न नदिने निकै चुनौतीको कुरा छ ।
नियम विपरीत सेवन र बिक्री वितरण गर्नेलाई ठाउँको ठाउँ कारवाही गर्ने हो भनेपनि केही हदसम्म कमि ल्याउन सकिन्छ । उपमहानगरपालिकाले छुट्टै आफै कानुन बनाएर भएपनि नियमन गर्नुपर्छ ।
जथाभावी रुपमा हुने सेवन तथा बिक्री वितरणलाई रोक्नका लागि संघीय कानुन नबनेका पनि होइनन् तर कार्यान्वयनमा देखिएको फितलोपनका कारण प्रभावकारी बन्न सकिरहेको छैन् । कानुन बन्ने तर कार्यान्वयन हुन नसक्ने हो भने कानुनको के काम ? संघ, प्रदेशको कानुनमा टेकेर स्थानीय तहले आफै कानुन बनाएर यसको नियमनमा सबै पालिका लाग्न आवश्यक छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here