Sunday, April 14, 2024
Homeमुख्य खबरटोल विकासले करको नाममा रकम उठाउन पाउँदैन

टोल विकासले करको नाममा रकम उठाउन पाउँदैन

- Advertisement -spot_img

घोराही, २७ कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित भिमसेन टोल विकास संस्थाले खुलेरै व्यापारीहरूबाट वार्षिक कर उठाउदैँ आएको समाचार प्रदेश टुडेमा प्रकाशित भएपछि स्थानीय सरकारले चासो दिएको छ । यसको समाधानको लागि मंगलबार घोराही उपमहानगरपालिका १५ नं. वडा कार्यालयमा छलफल समेत गरिएको छ ।
छलफलमा टोल विकास संस्थाले एकलौटी निर्णय गरी तोकरै रकम उठाउन नपाउने वडा अध्यक्ष रमेश पाण्डेले बताए । ‘टोलको सरसफाई, सडक बत्तीलगायत टोल विकासका लागि सबैको सहमतिमा सहयोग रकम उठाउन सक्छ, तर तोकेरै रसिद काटेर उठाउनु कानुनी रूपमा वैध मानिदैन’, उनले भने । उनले यसरी रसिद काटेरै कसैको सहमतिविना तोकेर रकम नउठाउन संस्थालाई आग्रह गरेका थिए ।
भिमसेन टोल विकास संस्थाले संस्थाको निर्णयबाटै रकम उठाएको दाबी गरेपनि संस्थाको निर्णयका बारेमा जानकारी नपाएको र पैसा उठाउन आएको बेलामा मात्रै थाहा पाएको व्यापारीहरू बताएका थिए । टोलमा भाडामा सटर लिएर आएको व्यवसायीबाट मात्रै वार्षिक सहयोग भन्दै पाँच सय रूपैयाँ कर उठाएको प्रमाणसहित मंगलबार प्रदेश टुडेले प्रकाशन गरेको थियो ।
छलफलमा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले यसरी व्यवसायीबाट तोकेर टोल विकास संस्थाले रकम लिन नमिल्ने बताए । व्यवसायीहरूबाट सहयोगको रूपमा स्वच्छुक रूपमा रकम उठाउन सकिने तर समायावधि र रकम तोकेर नमिल्ने उनको भनाइ थियो । छलफलमा भिमसेन टोल विकास संस्थाका अध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतका पदाधिकारीहरूको पनि सहभागिता थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here