- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरदंगीशरण राजाको शालिक निर्माण गरिदै

दंगीशरण राजाको शालिक निर्माण गरिदै

- Advertisement -spot_img

तुलसीपुर, २७ कार्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ सुकौरामा थारू राजा दंगीशरणको पूर्णकदको शालिक राखिने भएको छ । १६औं शताब्दीतिर दंगीशरण थारू राजाले सुकौराको दरबारबाट राज्य सञ्चालन गरको ईतिहासकारहरूले दाबी गरेको छन् । प्रदेश नम्बर ५ उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको २५ लाखको बजेटमा राजा दंगीशरणको शालिक स्थापना गर्ने मन्त्रालयका सूचना अधिकारी शेषदत्त चौधरीले जानकारी दिए ।
चालु आर्थिक बर्षको उक्त बजेटले यसै बर्षभित्र शालिक निर्माण गर्ने गरी तयारी भएको उनले बताए । मन्त्रालयका भू–संरक्षण अधिकृत चौधरी र मन्त्रालयका सहायक वन अधिकृत बलराम पोख्रेलसहितको दुई सदस्यीय मन्त्रालयको टोलीले मंगलबार सुकौरामा सर्वपक्षीय बैठक पनि सम्पन्न गरेको छ ।
सुकौरास्थित दंगीशरण राजाको दरबार भएको स्थान वा हाल संग्रालय भएको स्थानमा शालिक राख्ने बारेमा छलफल हुनेछ । वडा नम्वर ११ का अध्यक्ष चित्रबहादुर वलीको अध्यक्षतमा भएको सर्वपक्षीय बैठकमा ४० बढी स्थानीयहरूको सहभागिता थियो ।
कार्तिक २२ गते दाङ आईपुगेको उक्त टोलीले प्रदेश सरकारले ५० लाख बजेट दिएको दंगीशरणको चखौरा, धारापानी, प्रदेश मन्त्रालयको बजेट तर डिभिजन वन कार्यालय देउखुरीमार्फत सञ्चालन भएका देउखुरीका रिहार, जखेरा, देवीस्थान सामुदायिक वनलगायतका स्थानको अनुगमनसमेत गरी प्रदेश मन्त्रालयमा फर्कने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here