- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरकोइलाबासलाई पर्यटन प्रवद्र्धनमा जोड

कोइलाबासलाई पर्यटन प्रवद्र्धनमा जोड

- Advertisement -spot_img

देउखुरी, २७ कार्तिक । कोइलाबास पर्यटकीय स्थलको रूपमा विकास गर्न लमही जेसिजले सोमबार देउखुरीको कोइलाबासमा सप्ताहव्यापी कार्यक्रम गरेको छ । कोइलाबास नाकालाई देशकै पर्यटकीय स्थलको रूपमा चिनाउन जेसिज सप्ताह भिजिट नेपाल २०२० प्रवद्र्धन कार्यक्रम कोइलावासमा सञ्चालन गरेको लमही जेसिजका अध्यक्ष शिवशंकर गुप्ताले बताए ।
कार्यक्रमको उद्घाटन गढवा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सद्दाम सिद्दिकीले दाङकै पुरानो नाका कोइलाबासमा लमही जेसिजले नाकालाई सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरेको भन्दै खुशी व्यक्त गरे ।
‘ओझेलमा परेको कोइलाबास नाकामा दैनिक ३ देखि ५ सयसम्म भारतीय पर्यटक भ्रमण गर्न आउने गरेका छन्, उनले भने– ‘यो कार्यक्रमले झन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।’
अहिले कोइलाबासमा ऐतिहासिक तथा पुराना जीर्ण सरकारी भवन, मठ मन्दिर, झोलुङ्गे पुल र पहाडको अवलोकन गर्न भारतको विभिन्न सहरबाट पर्यटक आउने गरेका छन् ।
कोइलावास नाकामा समस्याको रूपमा रहेको खानेपानी समस्यालाई व्यवस्थापन गर्न आफू निरन्तर लागि रहेको अध्यक्ष सिद्दिकीले बताए । उनले नेपालकै दोस्रो ठूलो पुरानो रामजानकी मन्दिरको व्यवस्थापन, सम्बन्धित निकायहरूको पहलमा कोइलाबास भन्सारलाई पुनः चालू गर्ने र अब्यवस्थित बसोबासले खण्डहर बन्दै गएको गाउँलाई पर्यटकीय र व्यापारिक स्थलको रूपमा विकास गर्ने योजना रहेको बताए । निर्माणाधिन अवस्थामा रहेको हुलाकी राजमार्ग तयार भयो भने दैनिक रूपमा दुई हजारदेखि चार हजारसम्म बाह्य पर्यटकहरू भित्र्याउने लक्ष्य रहेको वडा अध्यक्ष सिद्दिकीले दाबी गरे ।
जेसिजका अध्यक्ष शिवशंकर गुप्ताको अध्यक्ष एवं गढवा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सद्दाम सिद्दिकीको प्रमुख आतिथ्यता तथा सशस्त्र प्रहरी बल कोइलाबासका प्रहरी निरिक्षक विशाल पाण्डेको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा लमही जेसिजको पूर्व अध्यक्ष खेमराज घिमिरे, उमाकान्त चौधरी, डन्डिराम चौधरी, हरिबहादुर कुवर, भन्सार कार्यालय कोइलावासका भन्सार प्रमुख रामबहादुर विक, पत्रकार राधेश्याम गुप्ता, सिमा प्रहरी चौकी कोइलाबासका प्रतिनिधि कमल पुन मगर, नेकपा कोइलाबासका पार्टी इञ्चार्ज जयबहादुर बुढा, नेपाली काँग्रेसका वडा नम्बर ८ का सभापति अब्दुल कुदुस सिद्दिकीलगायतले कोइलाबासलाई पर्यटकीय स्थलको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
लमही जेसिजका कोषाध्यक्ष दुलमदास चौधरीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण लमही जेसिजका तालिम निर्देशक फणाधर ढकालले गरेका थिए भने जेसिज सप्ताह निर्देशन सपना पाण्डे कार्यक्रमको बारेमा जानकारी गराएकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here