- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरछत्रेश्वरीमा बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता

छत्रेश्वरीमा बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता

- Advertisement -spot_img

सल्यान, २७ कार्तिक । सामाजिक सुरक्षा भत्ता ब्यवस्थित गर्न गाउँपालिकाले बैंकिङ प्रणालीमार्फत भत्ता वितरण गरेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले भत्ताको पारदर्शीता र दुरूपयोग हुनबाट जोगाउन बैंकिङ प्रणालीमार्फत भत्ता वितरण गरेको हो ।
जिल्लाका १० स्थानीयतहमध्ये छत्रेश्वरी र त्रिवेणी गाउँपालिकाले मात्र बैंकिङ प्रणालीमार्फत भत्ता वितरण गरेका छन् । झन्झटिलो भन्दै अन्य स्थानीयतहहरूले भत्ता बाफतको नगद हातैमा बुझाउने गरेका पाइएको छ ।
गाउँपालिकाबाट प्रदान गरिने सात प्रकारका सामाजिक सुरक्षा भत्ता कार्यालयले गत आर्थिक बर्षको तेस्रो चौमासिक र चालु आर्थिक बर्षको पहिलो चौमासिक बैंकिङ प्रणालीमार्फत वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले चौमासिक रूपमा सातै वडाका जेष्ठ नागरिक अन्य ७० बर्ष पुगेकालाई १२ हजार, जेष्ठ नागरिक दलित ६० बर्ष ८ हजार, विधुवा महिला ८ हजार, एकल महिला ६० बर्ष ८ हजार, पूर्ण अपाङ्ग ‘क’ वर्ग १२ हजार आंशिक अपाङ्ग ‘ख’ वर्ग ६ हजार ४ सय र दलित बालबालिका ५ बर्षमुनि १ हजार ६ सय रूपैयाँ सामाजिक सुरक्षा भत्तामार्फत वितरण गरेको सूचना प्रविधि अधिकृत शालिकराम पौडेलले बताए ।
गाउँपालिकाको वडा नम्बर ६ मा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकसँग गाउँपालिकाले सहकार्य गरी भत्ता वितरण गर्दै आएको छ । जेष्ठ नागरिक र अपाङ्गहरूलाई सहज होस् भन्ने उद्देश्यका साथ बैंक र गाउँपालिकाको सहकार्यमा प्रत्येक वडामा बैंकको खाता खोल्ने शिविर सञ्चालन गरिएको थियो ।
भत्ताको लागि सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा निवेदन दिइसकेपछि वडा कार्यालयले भत्ता खाने योग्य छ छैन भनेर छानबिन गरेर योग्यलाई गाउँपालिकामा सिफारिस गर्ने र सम्बन्धित ब्यक्तिले बैंकमा खाता खोलिसकेपछि गाउँपालिकाले अनलाइन प्रणालीमा नाम समावेश गरेपछिमात्र उनीहरूले भत्ता पाउने सूचना प्रविधि अधिकृत पौडेलले बताए ।
गाउँपालिकाले वार्षिक करिब १ करोड ४६ लाख रूपैयाँ सामाजिक सुरक्षा भत्तामार्फत वितरण गर्दै आएको छ । प्रत्येक चौमासिकको अन्त्यसम्म गाउँपालिका कार्यालयले सम्बन्धित ब्यक्तिको खातामा रकम जम्मा गर्दै आएको छ । उक्त रकम सम्बन्धित ब्यक्तिले जुनसुकै बेला झिक्न सक्ने नेपाल इन्भेष्टमेन्ट बैंक लान्ती शाखाले जनाएको छ ।
बैंकिङ प्रणालीमार्फत भत्ता वितरण कार्यले सम्बन्धित ब्यक्तिले भत्ता उपयोग गर्न पाएका छन् । हातमा भत्ता वितरण गर्दा सम्बन्धित ब्यक्तिले भत्ता बुझ्न नपाउने र अर्कै ब्यक्ति वा उनका घरपरिवारले भत्ता बुझ्ने गरेको उदाहरण धेरै भएका कारण गाउँपालिकाले बैंकिङ प्रणाली अपनाएको बताएको छ । सामाजिक सुरक्षा भत्ता ब्यबस्थित गर्न गाउँपालिकाले बैंकिङ प्रणालीमार्फत भत्ता वितरण गरेको हो ।
बैंकिङ प्रणालीमार्फत भत्ता वितरण भएपछि सेवाग्राहीहरू पनि खुशी भएका छन् । हामीलाई गाउँपालिकाले उपलब्ध बनाएको भत्ता हामी आफैले बुझ्न पाउँदा पैसा बचतसँगै आफूहरू निकै खुशी भएको उनीहरूले बताएका छन् । सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई थप प्रभावकारी बनाउने प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताए ।
उक्त कार्यलाई थप पारदर्शी र ब्यवस्थित बनाउन सामाजिक सुरक्षा शाखामा थप श्रोत साधन र जनशक्तिको ब्यबस्था गरिने उनले बताए । सम्बन्धित ब्यक्तिले आफ्नो भत्ता आफै सदुपयोग गरून् भन्ने उद्देश्यका साथ बैंकिङ प्रणालीमार्फत भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए । हामीले चलाएको प्रणालीमार्फत भत्ता वितरण कार्यले पारदर्शीतासँगै दुरूपयोग नहुने उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here