- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरविद्युतको बिल नतिर्दा डिजिटल बोर्ड बन्द

विद्युतको बिल नतिर्दा डिजिटल बोर्ड बन्द

- Advertisement -spot_img

रोल्पा, २७ कार्तिक । रोल्पाको प्रवेशद्वार रून्टीगढी गाउँपालिकाको होलेरी बजारको सार्वजनिक स्थानमा राखिएको एक लाख रूपैयाँको डिजिटल बोर्ड विद्युतको बिल तिर्न नसक्दा एक महिनादेखि सञ्चालनमा आउन सकेको छैन ।
प्रदेश नम्बर ५ को आन्तरिक कानुन तथा मामिला मन्त्रालयको विपद् ब्यवस्थापन शाखाको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालय रोल्पाको प्राविधिक सहयोगमा केही महिना अगाडि होलेरी बजारको सार्वजनिक स्थान ट्राफिक चेक पोस्टको छेउमा राखिएको डिजिटल बोर्डमा नागरिकलाई विपद्सम्बन्धी जानकारी र विभिन्न चेतनामूलक सूचनाहरूको जानकारी दिने उद्देश्यले बोर्ड राखिएको जिल्ला प्रशासन कार्यालय रोल्पाले बताएको छ ।
कार्यालयका कम्प्युटर अपरेटर हर्कबहादुर घर्तीले यसप्रकारका डिजिटल बोर्डहरू जिल्लाका सदरमुकामसहित प्रमुख बजारहरूको पाँच स्थानमा राखिएको बताए । उनले अगाडि भने बोर्ड रेखदेख र सञ्चालनको जिम्मा सम्बन्धित स्थानीय प्रहरी प्रशासनलाई जिम्मा दिइएको बताए ।
होलेरीस्थित ईलाका प्रहरी कार्यालयले बोर्ड सञ्चालनका लागि मासिक रूपमा करिब दुई हजार रूपैयाँको विद्युत बिल आउने भएकाले बिल भुक्तानी गर्न आर्थिक समस्या भएको र सरोकारवाला निकाय कसैले सहयोगको चासो नदेखिएकाले बोर्ड सञ्चालन हुन नसकेको बताएको छ ।
स्थानीयबासीहरूका भनाइ अनुसार गाउँपालिकाको केन्द्रको रहेको बजारमा रहेको चेतनामूलक सूचना प्रवाह गर्ने एक मात्र डिजिटल बोर्ड मासिक दुई हजार रूपैयाँको विद्युत बिल भुक्तानीको अभावमा बन्द हुनु गाउँमा रहेको स्थानीय सरकार बेखबर हुनु दुखद् पक्ष रहेको बताउँदै सरोकारवाला निकायले चासो देखाइ छिट्टै सञ्चालन हुनुपर्ने बताएका छन् ।
बजारको बाटो हुँदै दैनिक एक सयभन्दा बढी सार्वजनिक तथा निजी सवारी साधनहरू छिमेकी जिल्ला दाङ, प्यूठान, रूकुम, रोल्पालगायतका जिल्लामा आवतजावत गर्ने गर्दछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here