- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरतरूणको युवा परिचालन समिति

तरूणको युवा परिचालन समिति

- Advertisement -spot_img

तुलसीपुर, २७ कार्तिक । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरूण दलले मंसिर १४ गते हुने निर्वाचनका लागि युवा परिचालन समिति गठन गरेको छ । आउँदो उपनिर्वाचनमा घोराही नेपाली काँग्रेस उपमहानगरपालिकका १६ का उम्मेदवारलाई विजयी बनाउनका लागि तरूण दलले युवा परिचालन समिति गठन गरेको हो ।
तरूण दल दाङको युवा परिचालन समितिको आयोजनामा मंगलबार भएको भेलाले तरूण दल घोराही–१६ का कार्यवाहक अध्यक्ष रमेश जिसीको संयोजकत्वमा १ सय ५५ सदस्यीय युवा परिचालन समिति गठन गरेको छ ।
तरूण दल दाङका जिल्ला सदस्य एवं युवा परिचालन समितिका संयोक टीका थापाको अध्यक्षता एवं नेपाली काँग्रेस दाङका पूर्वसभापति विरकेशरी गौतमको प्रमुख आतिथ्यतामा भएको भेलामा बोल्ने नेताहरूले सबै आ–आफ्नो क्षेत्रबाट नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी बनाउनका लागि निर्देशन दिएका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार ताराबहादुर डिसीले आगामी उपनिर्वाचनमा सबै मतदाताले नेपाली काँग्रेसलाई भोट दिन आग्रह गरेका छन् । कार्यक्रमको सहजीकरण तरूण दल दाङ साविक क्षेत्र नम्बर २ का अध्यक्ष नारायण जिएमले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here