- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयटोलको कर आतंक

टोलको कर आतंक

- Advertisement -spot_img

राज्य पुनर्संरचना भएपछिको सबैभन्दा बढी चर्चामा आएको एउटा विषय कर संकलन हो । यता कर उता कर सबै ठाउँ कर ठूलै चर्चा थियो । स्थानीय सरकारको करले त झन विश्वमै चर्चामा हुने गरी जनतालाई रन्थनाएको थियो ।
स्थानीयतहमा आएका जनप्रतिनिधिहरूले मनपरी कर संकलन गरेको र आफूले सेवा सुविधा लिएको आरोप र आक्रोस धेरै नै देखियो । त्यो अहिलेसम्म पनि रहिनै रहेको छ ।
पछिल्लो समय केन्द्र, प्रदेश, स्थानीयतह हुँदै अहिले त टोल विकास संस्थाका नाममा पनि कर उठाई रहेको विषय सार्वजनिक भएको छ । सरकारी संयन्त्रले कर उठाउनु र विकासका लगाउनु स्वभाविक छ । जनताले यसका सहयोग पनि गर्नुपर्छ ।
राज्यले करलाई वैज्ञानिक व्यवस्थापन गर्नसकेमा नागरिकले सहजै रूपमा कर पनि तिर्न पछि पर्दैनन् र परेका पनि देखिदैन । तर टोल विकासका नाममा उद्देश्यविहीन संस्थाले कर उठाउनु गैर कानुनी हो । यसरी स्थानीयहरूलाई समस्यामा पारेर टोलको नाममा कर उठाउन दिनु पनि हुँदैन ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको भिमसेन टोल विकास संस्थाले अहिले स्थानीय व्यापारीहरूसँग गैरकानुनी र अवैधरूपमा कर लिइरहेको विषय सार्वजनिक भएको छ ।
टोल विकास संस्थाले गैरकानुनी रूपमा खुलेरै व्यापारीहरूबाट वार्षिक कर उठाउँदै आउनुले स्थानीय सरकारलाई समेत मात गरेको छ । टोल विकास संस्थामा भाडाका सटर लिएर व्यापार, व्यवसाय गर्दै आएका प्रत्येक व्यापारीहरूबाट सहयोग रकम भन्दै वार्षिक पाँच सय रूपैयाँ कर लिन थालिएको हो ।
संस्थाको यो कार्यको विरोधमा व्यवसायीहरू पनि अहिले लागेका छन् । स्थानीय सरकारले यस्ता गैरकानुनी कार्य गर्नेहरूलाई नियमन गर्न सक्नुपर्छ ।
स्थानीय सरकारभन्दा अघि पुगेर टोलले कर उठाउने कार्यलाई स्थानीय सरकारले रोक्नुपर्छ र कारवाहीको दायरामा ल्याउनुपर्छ । टोलमा बसोबास गर्दै आएका घरबाट पहिलेदेखि नै रकम उठाउँदै आएको र अहिलेदेखि यहाँका व्यापारीहरूबाट पनि रकम उठाउन लागिएको गुनासो आउनुले पनि टोलको कर संकलनलाई प्रस्ट्याएको छ ।
कुनै पनि बहानामा नागरिकहरूलाई करको भारी बोकाउन हुँदैन । व्यापार, व्यवसाय गर्नेले राज्यका निकायका अभिलेखीकरण भएर सुरू गर्ने हो । राज्यलाई नै तिर्नुपर्ने कर तिरिसकेको हुन्छ ।
गैर कानुनी रूपमा टोलबासीलाई नै आतंकित बनाउने गरि गैरकानुनी रकम असुल्न रोक्नुपर्छ । राज्यका निकायलाई हो भने व्यवसायी र टोलबासीले कर तिर्नुपर्छ । तर अवैध हैन वैधरूपमा तिर्न सक्नुपर्छ जुन कर राज्यकै विकासमा खर्च हुन सकोस् । टोलले देखाएको कर आतंक रोक्न सक्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here