- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरकर उठाउँदै टोल विकास संस्था

कर उठाउँदै टोल विकास संस्था

- Advertisement -spot_img

दाङ, २६ कार्तिक । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित भिमसेन टोल विकास संस्थाले खुलेरै व्यापारीहरूबाट वार्षिक कर उठाउँदै आएको छ । उक्त टोल विकास संस्थामा भाडा सटर लिएर व्यापार गर्दै आएका प्रत्येक व्यापारीहरूबाट सहयोग रकम भन्दै वार्षिक पाँच सय रूपैयाँ कर लिन थालिएको हो ।
टोलको समग्र विकासका लागि भन्दै व्यापारीहरूबाट रकम उठाएकोमा केही व्यापारीहरूले टोल विकास संस्थाको यस्तो कार्यलाई गैरकानुनी कार्य भएको बताएका छन् ।
‘हामी व्यवसायीले कति ठाउँ कर तिर्ने, कर कार्यालयमा, उपमहानगरपालिकामा अनि टोलमा पनि वार्षिक पाँच सय कर तिर्नुपर्ने ?’ एक व्यापारीले भने, ‘सहयोग भनेपछि समय र तोकेर रकम लिन मिल्दैन, यसलाई सहयोग कर नै भन्नुपर्छ ।’ भिमसेन टोल विकास संस्थाले वार्षिक पाँच सय रूपैयाँ भनेर तोकेरै रकम उठाउने गरेको छ ।
टोल विकास संस्थाको निर्णय अनुसार नै रकम उठाइएको र उठाएको रकम टोलको समग्र विकासका लागि लगानी गरिने संस्थाका सचिव नवराज श्रेष्ठले बताए । ‘हामीले संस्थाको निर्णय अनुसार नै यो रकम उठाएका छौँ, यो रकम टोलकै विकासका लागि खर्च हुनेछ’,
सचिव श्रेष्ठले भने । टोलमा बसोबास गर्दै आएका घरबाट पहिलेदेखि नै रकम उठाउँदै आएको र अहिलेदेखि यहाँका व्यापारीहरूबाट पनि रकम उठाउन लागिएको उनको भनाइ छ ।
टोलको यसअघि सम्पन्न एउटा सर्वपक्षीय बैठकमा व्यवसायबाट कर उठाउने प्रस्ताव आएपनि सबैको सहमति नजुटेपछि प्रस्ताव पास हुन सकेको थिएन । तर पछि टोलको पदाधिकारीहरूको बैठकले मात्रै व्यापारीबाट रकम उठाउने निर्णय गरेको संस्थाले बताएको छ ।
टोल विकास संस्थाले तोकेर उठाएको रकम कानुनी रूपमा वैध नभएको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेश पाण्डेले बताए ।
‘टोल विकास संस्थाले व्यापारीलगायत त्योसँग सरोकार राख्नेहरूको सहमतिमा टोल विकासको विकासका लागि सहयोग रकम उठाउन सक्छ तर तोकेरै वर्षको भनेर उठाउनु कानुनी रूपमा पाइदैन’ उनले भने । टोल विकास संस्थाले उठाउने रकमसँग वडा कार्यालयले उठाउने करसँग कुनै सम्बन्ध पनि नरहने उनको भनाइ छ ।
देशमा संघीयता लागूसँगै विभिन्न शीर्षकमा जनताबाट कर असुली गर्ने कार्य बढेसँगै करबाट जनतानै आजीत छन् । तीनतहको सरकारलाई सञ्चालन भएपछि विगतका करभन्दा सबै क्षेत्रको कर बृद्धि भएपछि साँझ बिहान एकछाक टार्न धौ–धौ हुने सर्वसाधारणलाई यो व्यवस्था नै निल्नु न ओकल्नु भएको महसुस भएको छ । स्था
नीय निकायमा व्यापारीहरूबाट घरबहाल करसमेत व्यापारीहरूबाटै असुल्ने गरिएको छ । जुन घरबेटीले तिर्नुपर्ने कर व्यवसायीले नै तिर्नुपरेको छ । व्यवसायीहरूबाट यसरी रकम लिन नहुने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताए । टोल विकास संस्थाहरूले आफूखुसी तोकेर रकम लिन नपाइने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here