- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरकाँग्रेससँग कार्यगत एकताः वैद्य

काँग्रेससँग कार्यगत एकताः वैद्य

- Advertisement -spot_img

घोराही, २६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले काँग्रेससँग कार्यगत एकता गर्ने बताएका छन् । कार्यगत एकता कम्युनिष्टहरूसँग मात्र गर्नुपर्छ भन्ने छैन’ नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को दाङमा भएको प्रथम प्रदेशस्तरीय अधिवेशनलाई सम्बोधन गर्दै महासचिव वैद्यले भने ‘कार्य एकताको विषयमा नेपाली काँग्रेसका साथीहरूसँग छलफलसमेत गरिसकेका छाँै ।’
राष्ट्रिय स्वाधिनताको विषयमा आवाज उठाउने र काम गर्ने जो–कोहीसँग पनि कार्यगत एकता गर्न तयार रहेको उनले बताए । ‘राष्ट्रिय स्वाधिनताको विषयमा बोल्न सक्ने र भारत विस्तारवादको विरूद्धमा लडन सक्छन् भने हामी कार्य एकता गर्छौ’ उनले भने ‘चाहे त्यो नेपाली काँग्रेस होस् वा सरकार नै किन नहोस् ।’
सरकार र सत्तामा बसेका दलहरूको मात्रै सर्वदलीय बैठक हुदैन्’ उनले भने– ‘त्यो संसदीय दलहरूको मात्रै बैठक हो, त्यसकारण कार्यगत एकता गर्न लागेका छौँ ।’
उनले वर्तमान सरकारले सत्ताका नाममा कम्युनिष्टको बदनाम गर्ने काम गरेको बताए । अहिलेको सरकार कम्युनिष्ट नभएको भन्दै देखावटी रूपमा कम्युनिष्ट भएपनि व्यवहारिक रूपमा सरकार कम्युनिष्ट हुन नसक्ने उनको भनाई थियो ।
‘नेपाली जनताले कम्युनिष्टलाई पटक–पटक साथ दिएका छन्, त्यही अनुसार कम्युनिष्ट दलहरू सत्तामा पनि पुगेका छन्’ उनले भने– ‘सत्तामा पुग्ने कम्युनिष्ट दलबाट जनताले सोचेजस्तो काम हुन सक्दैन् ।’
सरकारमा भएका कयाँै व्यक्तिहरू कम्युनिष्ट भएपनि धेरैजसो अवसरवादी रहेको भन्दै उनले सच्चा कम्युनिष्टको पहिचान गरेर एकतावद्ध गरेर अगाडि बढ्न सुझाव दिए । पार्टीबीच भएको एकता राम्रो पक्ष भएपनि सबैलाई समेट्न नसकेको उनले दुखेसो गरे । सच्चा कम्युनिष्टहरूलाई गोलवद्ध गरेर एकता गर्नुपर्छ, उनले भने– ‘त्यसमा हामी लागिरहेका छौँ र त्यो एकता हामीले गरेर देखाउँछौँ ।’
नेपालीले जनताले कम्युनिष्ट आन्दोलनलाई साथ दिएपनि नेताहरूले शासन चलाउन नसकेको उनले बताए । जनताको चाहना र भावनाअनुसार काम हुन नसक्दा नेपालमा कम्युनिष्ट पार्टीलाई खतरा रहेको समेत औँल्याए ।
‘देशको समृद्धिका लागि प्राकृतिक श्रोत र साधनसँगै मानवीय शक्तिको प्रयोग गर्नुपर्ने आवश्यकता रहेपनि सरकारले त्यो गर्न सकेको छैन्’ उनले भने ‘आर्थिक समृद्धिका लागि प्राकृतिक श्रोत र साधनको प्रयोगसँगै मानवीय शक्तिलाई प्रयोगमा ल्याउन आवश्यक छ ।
सरकारले देशको आर्थिक समृद्धिका लागि महत्वपूर्ण प्राकृतिक श्रोत नदीनाला विदेशीलाई जिम्मा लगाउने र युवा शक्तिलाई विदेशी भूमिमा पठाउन लागिपरेको समेत आरोप लगाए । वैद्यले विप्लवमाथि प्रतिबन्ध लगाउनु गलत भएको बताए । ‘विप्लवजीले उठाएका कुरा जायज छन् सरकारले वार्ताका माध्यमबाट समाधान खोज्नुपथ्र्यो’ उनले भने ।
नेकपा क्रान्तिकारी माओवादीका प्रदेश नम्बर ५ सेक्रेटरी प्रेम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा पश्चिम कमाण्ड इन्चार्ज रामसिंह शिरिष, अखिल नेपाल थारू मुक्ति मोर्चाका केन्द्रीय महासचिव रामजी थारू, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य सुशीला आचार्यले अधिवेशन सफलताको शुभकामना व्यक्त गरे । अधिवेशनले मंगलबार नयाँ नेतृत्व चयन गर्नेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here