Saturday, April 20, 2024
Homeफिचरनेकपाले लगाएको ताला नगर प्रवक्ताले खोले

नेकपाले लगाएको ताला नगर प्रवक्ताले खोले

- Advertisement -spot_img

तुलसीपुर, २६ कार्तिक  तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ वडा कार्यालयमा नेकपाका नेता कार्यकर्ताले लगाएको ताला उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगी (श्याम)ले खोलेका छन् । उपमहानगरका १० जना वडा अध्यक्षले २४ घण्टाको अल्टिमेटम दिए पनि नगरका प्रवक्ताले १३ नम्बरमा पुगेर ताला खोलेका हुन् ।
उपभोक्ता समितिमा पदाधिकारी भाग पाउनुपर्ने माग राख्दै नेकपा वडा नम्वर १३ को कमिटीले आइतबार वडामा ताला लगाएको थियो । वडाका जनप्रतिनिधि र नेकपा वडा कमिटीका पदाधिकारीबीच वार्ताका माध्यमबाट समस्या समाधान गर्ने सहमति भएपछि ताला खोलिएको डाँगीले बताए । तालाबन्दीबाट समस्याको समाधान नहुने भन्दै वार्ताका माध्यमबाट अगाडि बढ्न आह्वान गरिएकोसमेत उनले बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ मा लगाएको ताला सोमबारको मितिले २४ घण्टाभित्र नखोलिए उपमहानगरपालिकामा तालाबन्दी गरिदिने १० जना वडा अध्यक्षहरूले चेतावनी दिएका थिए ।
त्यो चेतावनी सार्वजनिक भएपनि वडाको ताला खोल्न प्रवक्ता फूलवारी पुगेका हुन् । सोमबार तुलसीपुरमा भेला भएका नेपाली काँग्रेसबाट निर्वाचित १० वटै वडा अध्यक्षहरूले वडा नम्वर १३ कार्यालयमा लगाएको ताला वार्ताको माध्यमबाट समाधान गर्न आह्वान गर्दे त्यस्तो चेतावनी दिएका छन् ।
नगर प्रमुखसँग वार्ता र संवाद गर्न वडा नम्वर ७ का अध्यक्ष टोपबहादुर केसीको संयोजकत्वमा वडा नम्वर ९ का अध्यक्ष घनश्याम ढकाल र वडा नम्वर १० का अध्यक्ष कुमार लामिछाने सदस्य रहेको ३ सदस्यीय समिति गठन गरिएको वडा नम्वर १३ का अध्यक्ष डम्बरबहादुर न्यौपानेले जानकारी दिए ।
आइतबार नेकपाका स्थानीय नेताहरूका नेतृत्वमा लगाएको तालाका कारण वडाको दुईदिन सेवा प्रभावित भएको थियो । सडक निर्माणका लागि उपभोक्ता समिति गठनमा नेकपाको भागभण्डा हुनुपर्ने माग गर्दै आइतबार तालाबन्दी गरेका थिए ।
गत असारमा गठन भएको उपभोक्ता समितिले तुलसीपुर उपमहानगरपालिकासँग योजना सम्झौताका लागि प्रक्रिया अगाडि बढाउँदा आलटाल गरेको उपभोक्ता समितिले बताएको छ ।
सम्झौता गर्नुको साटो नगर प्रमुखबाटै विवाद सिर्जना गर्ने काम भएको आरोप समितिले लगाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ मा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका वडा अध्यक्ष र ४ जना वडा सदस्यहरू निर्वाचित भएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here