- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरलुटेरा पक्रन गोली प्रहार

लुटेरा पक्रन गोली प्रहार

- Advertisement -spot_img

तुलसीपुर, २६ कार्तिक । लुटेरालाई पक्राउ गर्न दाङ प्रहरीले गोली प्रहार गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले दुई राउण्ड गोली प्रहार गरेर तुलसीपुरमा तीनजना लुटेराको समूहलाई पक्राउ गरेको हो ।
व्यक्तिहरूलाई तर्साउने, धम्काउने र लुट्ने काम गरिरहेका तीन जनालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख हरिहरनाथ योगीले बताए । एक व्यक्तिलाई लुटिरहेको अवस्थामा नियन्त्रणमा लिन गोली चलाउनुपरेको बताए । ब्ल्याकमेलिङ गरेका लुटेराको समूहलाई पाँच लाख रूपैयाँ बुझाउने क्रममा तुलसीपुर–३ खमारीको जंगलमा प्रहरीले गोली प्रहार गरेर तीन जनालाई नियन्त्रणमा लिएको उनले बताए ।
घटनामा संलग्न लुटेराको नाइके एकजना फरार रहेको र खोजी जारी राखेको योगीले जानकारी दिए । पक्राउ पर्नेहरूमा तुलसीपुर–३ खमारी बस्ने वर्ष १९ को विमल वली, सोही ठाउँ बस्ने १९ बर्षिय नवीन नेपाली र २६ बर्षिय दूजबहादुर खत्री रहेका छन् । घटनामा संलग्न अन्य सोही ठाउँ बस्ने २३ बर्षिय ईश्वर पुन र २० बर्षिय अर्जुन पुन फरार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले जानकारी दिए ।
प्रहरीले दिएको जानकारी अनुसार ती समुहले गत शनिबार सोही ठाउँमा केटीसँगै मोटरसाईकलमा सवार रहेका एक पुरूषलाई नियन्त्रणमा लिएर कुटपिट गरी नग्न भिडियो बनाएर सार्वजनिक गरिदिने धम्की दिएर लुटपात गरेका थिए ।
तर पीडित पक्षले पाँच लाख रूपैयाँ दिने बाचा गरेपछि उनीहरू छुटेका थिए । ती समूहले उनीहरूको साथमा रहेको रा ४ प ६०८३ नम्बरको मोटरसाईकल, मोवाइल थान २, पर्स, सवारीधनी पूर्जा, सवारी चालक अनुमति पत्र लुटपाट गरेका थिए ।
उनीहरूलाई सोमबार पाँच लाख रूपैयाँ लगेर बुझाउन गएको अवस्थामा लुटेराको समूहलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो । उनीहरू विरूद्ध पीडित पक्षले अपहरणसम्बन्धी जाहेरी दिएका छन् । स्थानीयस्तरमा उनीहरूले लुटपाटको काम गर्दै आएको प्रहरीले बताएको छ । उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here