- Advertisement -spot_img
Saturday, June 19, 2021
Homeफिचरजनताको पक्षमा काँग्रेस

जनताको पक्षमा काँग्रेस

- Advertisement -spot_img

तुलसीपुर, २६ कार्तिक । नेपाली काँग्रेसका नेताहरूले आफू सधै जनताको पक्षमा रहेर काम गर्दै आएको बताएका छन् । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको प्रचारप्रसार एवं चुनावी भेटघाटका क्रममा पार्टीले वर्तमान सरकारले देशको चरित्र बिगारेजस्तो आफूहरूले कुनैपनि गलत क्रियाकलाप नगरेको बताए । सोमबार शान्तिनगर गाउँपालिकाका विभिन्न वडामा भएको चुनावी भेलाका अवसरमा नेताहरूले यस्तो बताएका हुन्
नेपाली काँग्रेस शान्तिनगर गाउँपालिकाका गुण्डले, बाघमारे लगायतका विभिन्न स्थानमा भएको चुनावी भेटघाटका अवसरमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले जनताको पक्षमा रहेर काम गर्ने पार्टी नेपाली काँग्रेस रहेको बताए ।
समग्र दाङको विकाससँगै पश्चिम दाङको विकास पनि नेपाली काँग्रेसको सरकारकै पालामा भएको बताउँदै उनले अबको उपनिर्वाचनमा क्षेत्र नं. ३ ‘ख’ का उम्मेदवार केशवराज आचार्यलाई विजय बनाउन अनुरोधसमेत गरेका छन्् ।
यस्तै प्रदेश सभा सदस्यका उम्मेदवार आचार्यले आफू निर्वाचित भईसकेपछि करको नाममा देशमा चलिरहेको लुटतन्त्र र भ्रष्टाचारको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बाटो, सडक, सञ्चार, बिजुलीलगायतका पूर्वाधारको विकास काँग्रेसले गरेको बताउँदै उनले आउँदो उपनिर्वाचनमा आफूले जितेर गए पश्चिमी जनताको रक्षा, आत्मसम्मान र यस क्षेत्रको विकासका लागि कतिवद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै पार्टीका जिल्ला सभापति किर्तिबहादुर खड्काले आउँदो उपनिर्वाचनमा नेपाली काँग्रेसलाई अत्याधिक मत दिएर बिजयी बनाउन शान्तिनगरका स्थानीयबासीहरूलाई आग्रह गरेका छन् । पार्टीले समग्र देश निर्माणका लागि अभिभावकको भूमिका निर्वाह गरेको भन्दै उनले अबको उपनिर्वाचनमा समेत उक्त जिम्मेवारी काँग्रेसलाई नै दिनुपर्ने बताए ।
यसैबीच वर्तमान सरकारले देशमा विभिन्न अराजक गतिविधि गरेको भन्दै नेकपाका दर्जनौँ कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । सोमबार शान्तिनगर गाउँपालिकामा गरिएको चुनावी भेटघाटका अवसरमा लामो समयदेखि नेकपामा आवद्ध रहेका नेताहरू नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
देशको विकासका नाममा विभिन्न गलत क्रियाकलापहरू भईरहेको भन्दै उनीहरूले राम्रो काम गर्नेहरूलाई साथ दिनु आजको मुख्य आवश्यकता रहेको समेत बताए । गएको निर्वाचनमा नेकपालाई मत दिएर अहिले पछुताउनुपर्ने अवस्था सिर्जना भएको भन्दै उनीहरू काँग्रेसमा प्रवेश बताएका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here