- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरगोरखामा इन्ट्रयाक्ट क्लव

गोरखामा इन्ट्रयाक्ट क्लव

- Advertisement -spot_img

तुलसीपुर, २६ कार्तिक । रोटरी क्लव अफ तुलसीपुर सिटीले गोरखा स्कुल तुलसीपुरमा कृष्ण गौतमको अध्यक्षतामा ३५ सदस्यीय इन्ट्रयाक्ट क्लव गठन गरेको छ । क्लवको उपाध्यक्षमा जीवन बुढा मगर, सचिवमा माइकल न्यौपाने, कोषाध्यक्षमा दिनेश केसी र सहसचिवमा प्रमोद अधिकारी चयन भएका छन् ।
कार्यक्रम रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष देव बहादुर केसीको अध्यक्षता एवं गोरखा स्कुलका प्राचार्य विजय जिएमको प्रमुख आतिथ्यतामा भएको थियो । क्लवका उपाध्यक्ष विनिल केसीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा प्रमुख अतिथि जिएमले नवगठित क्लवका पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिदै सामाजिक कार्यमा सधै सक्रिय भएर लाग्न आग्रह गरे । कार्यक्रममा क्लवका पूर्वअध्यक्ष तुफानबाबु श्रेष्ठले इन्ट्रयाक्ट क्लवको बारेमा जानकारी गराएका थिए ।
उक्त अवसरमा क्लवका पूर्वअध्यक्ष बिमल रिजालले रोटरी क्लवको साझेदार संस्था इन्ट्रयाक्ट क्लवमा आवद्ध सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूले आफ्नो पढाइको साथसाथै समाजको आवश्यकता बोध गरेर निरन्तर सामाजिक कार्यमा लाग्दै समाजको नमुना क्लवको रूपमा आफूलाई स्थापित गर्नुपर्नेमा जोड दिए ।
नवगठित इन्ट्रयाक्ट क्लवका अध्यक्षलगायत पदाधिकारीहरूलाई रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटानका पूर्व असिस्टेन्ट गभर्नर कुशल तर्तालले सपथ ग्रहण गराएका थिए । क्लवका निवर्तमान अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष विजय केसी, सहसचिव दुर्गाबहादुर केसीलगायतको उपस्तिथि रहेको कार्यक्रमको सहजीकरण सचिव सन्दिपन रिजालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here