- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचर‘विकास निर्माण समयमा पूरा गर’

‘विकास निर्माण समयमा पूरा गर’

- Advertisement -spot_img

घोराही, २६ कार्तिक । जिल्ला समन्वय समिति दाङले जिल्लाको विकास निर्माणको कामलाई प्रभावकारी बनाउन पालिकाहरूलाई आग्रह गरेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दासमेत विकास निर्माणको काम सुस्त भएको भन्दै समन्वय समितिको बैठकले विकास निर्माणको कामलाई थप प्रभावकारी बनाउन र समयमा सम्पन्न गर्न पालिकालाई आग्रह गर्ने निर्णय गरेको हो ।
‘उपभोक्ताबाट योजना सम्झौतादेखि विकासका अन्य काम अघि बढ्न नसकेको गुनासो आएको छ’ जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले भने ‘त्यो भएर सबै पालिकालाई नदीजन्य पदार्थको व्यवस्थापन र सम्पूर्ण विकास निर्माणको काम यर्थाशिघ्र तथा समयमै सम्पन्न गर्न ध्यानाकर्षण गराउने निर्णय भएको छ ।’ जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिका छन् ।
पालिकाहरूमा चालु आव २०७६/०७७ मा सम्पन्न गरिने योजना सम्झौताको कामसमेत अझै प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन ।
स्थानीयतहले समयमा बजेट ल्याएपनि योजना सम्झौता तथा विकास निर्माणको काम भने सूस्त नै छ ।
बैठकले जिल्ला समन्वय समितिको अुनगमन तथा मूल्याङ्कन कार्यविधि, दाङ विकास सल्लाहकार परिषद् व्यवस्थापन कार्यविधि २०७६ र समन्वय समितिको मौज्जाद कोषमा सञ्चालन निर्देशिका अनुसार बंगलाचुली गाउँपालिकाले पठाएका योजना स्वीकृत गर्ने निर्णय गरेको छ ।
समन्वय समितिको मौज्जाद कोषमा रहेको रकम दशैवटै पालिकालाई बाँडफाँड गरिएको थियो । प्रत्येक पालिकालाई ३ करोड रूपैयाँका दरले ३० करोड रूपैयाँ बाडँफाँड यसअघि नै गरेको जिल्ला समन्वय अधिकारी काशीराम गैरेले बताए ।
बंगलाचुली गाउँपालिकाले सो रकमबाट प्रशासकीय भवन, वडा नम्बर ५, ६, ७ र ८ को वडा कार्यालय भवन निर्माण र वडा न २ को आधारभूत विद्यालय मर्पेशको भवन निर्माण तथा भौतिक पूर्वाधारको योजना पठाएको थियो ।
निर्देशिका अनुसार समन्वय समितिको ६० प्रतिशत र पालिकाले ४० प्रतिशत रकम रहने छ । त्यसैगरेर बैठकले आव ०७५/०७६ को वार्षिक समीक्षामा प्रथम, दोस्रो र तेस्रो हुने पालिका, कार्यालय र गैरसकारी संस्थालाई विशेष समारोह आयोजनाका बीच सम्मान गरिने भएको छ ।
वार्षिक समीक्षा असोज ८ र ९ गते भएको थियो । समीक्षामा १० वटै पालिका, संघीय र प्रदेशका कार्यालय र गैरसरकारी संस्थाले आफनो प्रगति विवरण प्रस्तुत गरेका थिए । ति प्रगति विवरणलाई विशेष सूचक निर्धारण गरेर विज्ञ समूहले मूल्याङ्कन गरेको थियो । बैठक समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षमा भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here