- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरगाउँ पुग्दै उम्मेदवार

गाउँ पुग्दै उम्मेदवार

- Advertisement -spot_img

दाङ, २५ कार्तिक । दाङमा मसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारहरू मत माग्न गाउँ–गाउँ छिर्न थालेका छन् । उम्मेदवार र राजनीतिक दल गाउँ पुग्दा गाउँ–गाउँमा चुनावी माहोल पनि बढ्न थालेको छ ।
दाङ क्षेत्र न ३ (ख) मा हुन गैरहेको निर्वाचनमा आ–आफ्नो पक्षमा मत माग्न उम्मेदवारहरूलाई भ्याई नभ्याई भएको छ । निकै चासोका साथ हेरिएको पश्चिम दाङको उपनिर्वाचनमा नेपाली काँग्रेसले पुराना, त्यागी र जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका नेता केशवराज आचार्यलाई उम्मेदवार बनाएको छ ।
त्यसैगरेर नेकपाले स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार ओलीले श्रीमती बिमला कुमारी खत्रीलाई उम्मेदवार बनाएर चुनावी मैदानमा जुटेको छ ।
उत्तरको सम्मानका लागि विमलालाई चुनावमा पठाइएको नेकपाका नेताहरूले बताएका छन् । त्यसैगरेर राप्रपाले भुपाल रावत, साझाले शिवकुमार चौधरी र समाजवादी पार्टीले डिल्ली बहादुर डाँगीलाई उम्मेदवारको रूपमा उभ्याएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दे चुनाव चिन्ह प्रदान गरेपछि उम्मेदवार र राजनीतिक दलहरूले चुनावी अभियानमा तिव्र बनेका छन् । उम्मेदवारहरू गाउँ–गाउँमा पसेसँगै जितको पनि आ–आफ्नै दावी गरिरहेका छन् ।
यस पटकको निर्वाचनमा काँग्र्रेसको विजय सुनिश्चित छ, काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले भने । पश्चिम दाङले यसपटक पाको, मेहनती र विकासको भिजनसहित गाउँ–गाउँमा भिजेको नेतालाई उम्मेदवार बनाएकै कारण विजयको सम्भावना बढिरहेको दाबी गरे ।
यसैगरेर नेकपाका अध्यक्ष टिकाराम खड्काले नेकपाको जित सुनिश्चित रहेको दाबी गरे । उनले नेकपाकै विजयी क्षेत्र भएकाले उपनिर्वाचनमा पनि जित रहने दावी खड्काको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here